साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।
भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/>
साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ ।
भूकम्प प्रभावित आवास पुनःनिर्माणक"/>
साउन ३, भक्तपुर । भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ । भूकम्प प्रभावित आवास पुनःनिर्माणको लागत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारीलाई आइतबार र सोमबार दुईदिन तालिम दिएर मंगलबारदेखि घरघरमा खटाइने भएको छ । जिल्ला लागत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्रचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिम दिएर मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने जानकारी दिए । पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य सम्पन्न गरिसके पनि उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरमा भने मङ्गलबारदेखि सुरु हुने भएको हो । लगत सङ्कलन एवम् सर्वेक्षणका लागि तथ्याङ्क विभागका इन्जिनियर एवम् सुपरभाइजर १२१ जना, सामाजिक परिचालक १२१ जना र प्रति १० जना सामाजिक परिचालक बराबर एक जनाका दरले सिनियर इन्जिनियर परिचालन गरिने भएको छ । आगामी ४५ दिनसम्म सञ्चालन हुने लगत सङ्कलन एवम् पुनःसर्वेक्षण कार्यमा भूकम्प पछि गरिएको लागत सङ्कलन एवम् सर्वेक्षणमा छुटेका भूकम्पपीडितलाई समेत समावेश गरिने भएको छ । बज्रचार्यले भने, ‘भूकम्पपीडितको परिचयपत्र लिएका र विगतका सर्वेक्षणमा नाम छुटेकाको घरघरमा गएर पुनःसर्वेक्षण गरेर लागत सङ्कलन गरिन्छ ।’ भूकम्पपीडितको नामावली छुटेकाले भक्तपुरका ६ वटा नगरपालिकामध्ये आफ्ना सम्बन्धित नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था गरेअनुसार नगरपालिकामा आएका निर्देशनका आधारमा छुटेका भूकम्पपीडितको घर सर्वेक्षण गरिने भएको हो । प्राधिकरणले यसअघि ११ वटा जिल्लामा सबै घरमा गएर पुनःसर्वेक्षण गरे पनि यसपटक भने भूकम्पपीडितको परिचयपत्र लिएका र नगरपालिकामा नाम छुटेर आवेदन आएका पीडितको मात्रै पुनःलगत सङ्कलन गरिने भएको हो । भूकम्पपीडितमध्ये नयाँ घर बनाइसकेकाको पनि भूकम्पले भत्काएका घरको तस्बिरको आधारमा सर्वेक्षण गरिने भएको छ ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
भूकम्पपीडितको पुनः लागत सङ्कलन गरिदै
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार