2026-10-23 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा नदीमा हामफालेर एक महिलाको मृत्यु, एकजना डुबेर बेपत्ता

चैत २९, पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृत्यु भएको छ । उहाँको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । 

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको हो ।

जङ्गलमा लागेको आगोमा परी चार घाइते

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आगोमा जलेर चार जना घाइते भएका छन् । सो जङ्गलको बाटो भई भोटेओडारतर्पm जाने क्रममा आगोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते हुनुभएका छन् । प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

गोरु काटेको अभियोगमा दुई पक्राउ

पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । 

ती सबै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने