सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्"/>
२०८३, ९ जेष्ठ शनिबार
अर्थ/विकास

प्यूठानमा २१ प्रतिशत बजेट फ्रिज

२०७३, ३ श्रावण सोमबार ०८:३३

सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्थिक वर्ष २०७२र०७३ मा विकास निर्माणसँग सम्वन्धित बजेटको २१ प्रतिशत रकम  फ्रिज  भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले दिएको जानकारी अनुसार पूँजिगततर्फ विनियोजित रकमको ७८ दशमलव ९३ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।

९८ करोड ६७ लाख ६१ हजार ९ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ७७ करोड ८८ लाख ७३ हजार ६ सय ११ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कोष नियन्त्रक दिनेश थापाले बताए ।

‘पूँजितगत बजेट विकास निर्माणसँग सम्वन्धित हुन्छ’,उनले भने,‘यसपटक पनि विगतका वर्षजस्तै खर्च भएको छ ।’ जिल्लामा रहेका ३२ वटा विभिन्न विषयगत कार्यालयको गरी कुल २० करोड ७८ लाख ८८ हजार २ सय ८८ रुपैयाँ बजेट काम नभई फिर्ता भएको उनले जानकारी दिए ।

जिल्ला विकास समिति प्यूठानको ३७ दशमलव ८ प्रतिशत बजेट गत आर्थिक वर्षमा खर्च हुन सकेन । विनियोजित २३ करोड ७६ लाख १८ हजार रुपैयाँमध्ये १४ करोड ८० लाख ९६ हजार ६ सय ५२ रुपैयाँ मात्रै खर्च भएको छ । ‘असारे विकास प्रवृत्तिले विकासले गति लिन सकेको छैन्’,जिविसका योजना तथा प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले भने,‘समुदाय स्तरबाटै विकास निर्माणमा चासो भए मात्र यो स्थितीमा सुधार आउने उनको भनाइ छ।

तर सडक डिभिजन कार्यालय प्यूठानले पनि कुल बजेटको ८० दशमलव ९ प्रतिशत रकम खर्च भएको जानकारी दिएको छ । ३५ करोड ९६ लाख ९ हजार रुपैयाँ विनियोजित बजेटमध्ये २९ करोड ९९ लाख ८ हजार १ सय ९२ रुपैयाँ खर्च भएको उक्त कार्यालयले जानकारी दिएको छ । जसलाई सकारात्मक नै मान्न सकिन्छ ।

त्यस्तै प्यूठान नगरपालिकाले यसपटक शतप्रतिशत रकम खर्च गरेको छ । विभिन्न योजनाहरुका लागि छुट्याइएको ८७ लाख ४३ हजार रुपैयाँ बजेटमध्ये पुरै रकम खर्च भएको नगरपालिकाका कार्यकारी अधिकृत नेववहादुर वलीले जानकारी दिए । ‘उपभोक्ता समिति अन्तर्गत निर्माण गरिने योजनाहरु समयमै पुरा भएका छन्’,वलीले भने,‘विकास निर्माणका गतिविधिहरुमा सवैले अपनत्व लिएमा काम गर्न सजिलो हुन्छ ।’

तर जिल्ला प्राविधिक कार्यालयले कुल बजेटको आधा रकम समेत खर्च हुन सकेन । ४० करोड ६७ लाख रुपैयाँ बजेट अख्तियारी आएकोमा २० करोड १८ लाख २ हजार ३ सय ४१ रुपैयाँ ९४९.५ प्रतिशत० मात्र बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

प्राविधिक अन्तर्गत संचालित ठूला दुई परियोजना राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) र सामुदायिक सिंचाई आयोजना (सिआईपी) क्रमागत योजना अन्तर्गत पर्ने भएकाले पूनः बजेट फिर्ता हुने प्रमुख जिल्ला इञ्जिनियर सुरेन्द्र घिमिरेले आशा व्यक्त गरे । समयमै बजेटको अख्तियारी नआउँदा योजनाहरु सम्पन्न गर्न समस्या भएको उनको तर्क छ ।

मन्त्रालय तथा बिभागबाट ढिलो गरि अखित्यारी आउनु,योजनाको सम्झौता अनुसार समय मै काम नगरिनुले बर्षेनी जिल्लाको बजेट फ्रिज हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ