रिवाज घिमिरे | साउन ३, काठमाडौँ | व्यस्त जनजीवन र प्रदुषणले काठमाडौँ वासीको स्वास्थ्य निकै नै चाँसोको विषय रहेको भन्दै विवेकशील नेपाली दलले आज पशुपति मन्दिर क्षेत्रमा बिहान ७ बजे देखि १२ बजे सम्म ‘नि:शुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो।
रक्तचाप, मधुमेह तथा रगत समुह जाँच गरिने सो कार्यक्रम काठमाडौँ नगरपालिकाको विभिन्न क्षेत्रमा हप्ताको १ दिन गरिने विवेकशिल नेपाली दलका एक नेताले बताए। विवेकशिल नेपाली दल स्थापना देखी नै हामी गर्छौ भन्ने हैन गरेर देखाउने हो भन्दै हरेक हप्ता उधमशिलता , भ्रष्टाचार बोरोध , जस्ता कार्यक्रम निरन्तर गर्दै आएको छ । हालै विवेकशिले नेपालीले गरेको डाक्टर केशि बचाउ अभियानमा हजारौ युवाले साथ दिएका थिए ।