२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको मार्मा गाउँपालिकाले बाडेको पोलिस्टरको माक्स काण्ड !

९ बैशाख २०७७, मंगलवार १०:०२

वैशाख ९, दर्चूला | दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले जनताको स्वास्थमा खेलवाड गरेको भन्दै सामाजिक संजालमा बिरोध गरिएको छ । गाउँपालिकाले पिपिइ सेट, सेनेटाइजर र सर्जिकल माक्स खरिद गरेर  गाउँ-गाउँ बितरण गर्ने भनेर भनिएता पनि मार्मा गाउँपालिकाले स्थानीय बजारमा पाइने पोलिस्टरको कपडाबाट माक्स उत्पादन गरि बाडेको स्थानीयको आरोप छ । 

गाउँमा बाडिएको उक्त पोलिस्टरको माक्स लगाउँदा स्वास लिननै समस्या भएको भन्दै स्थानीयले  गुनाशो गरेपछि गाउँपालिकाले उक्त माक्स बाड्न रोकेको स्थानीयले बताएका छन् । यसै विषयमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानासंग जानकारी लिदा मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र सिंह धामिलाई स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा गाउँपालिकाले दिएको बताए । रानाको अनुसार ५/६ सयको शंख्यामा माक्स निर्माण गरिएको थियो । जनताबाट गुनासो आएपछि पोलिस्टरको कपडा प्रयोग भएको माक्स गाउँपालिकाले फिर्ता लगेको उनले बताएका छन् ।

माक्स बनाउने कपडा पोलिस्टरको रहेको माक्स सिलाइ गर्ने जनक तिखालले बताएका छन् । माक्स कतिवटा निर्माण भएको भन्ने प्रश्नमा जनक तिखाल र उनकी छोरीसँग भएको छुट्टाछुट्टै संवादमा ५ हजार ५ सय निर्माण गरेर पठाएको भन्ने छ । सिलाई गर्ने तिखालका अनुसार माक्स पाँच हजार पाँच सय प्रति सिलाएको र चौतर्फी बिरोध आएको भएर गाउँपालिकालेनै फिर्ता लगेका छन् । तर यहि विषयमा गाउँपालिका अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले साझा सबाल मिडियालाई दिएको जानकारी सोझै बाझिने खालको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामी र प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाले ५/६ सयको शंख्यामा मात्र माक्स सिलाएको दावी गरिरहँदा सिलाई गर्ने तिखाल परिवारले भने ५ हजार ५ सय माक्स सिलाई गरेर पठाएको बताएका छन् । तिखाल परिवारसंग भएको छुट्टा-छुट्टै फोन संवादमा सिलाई जिम्मा लिएका जनक तिखालले बताएको र उनकी छोरीले बताएको कुरा मिल्छ तर सिलाई गर्ने र गाउँपालिका अधिकारीको कुरा मिल्दैन ।

त्यसो त माक्सकै विषयमा गाउँपालिकाका अधिकारीहरु समेत भ्रममा रहेको थप प्रमाणित केबाट हुन्छ भने आजै गाउँपालिकाको वेवसाइटमा एक बिज्ञप्ति जारी भएको छ, जसमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले ३ हजार ५ सय माक्स वितरण गरेको उल्लेख गरेका छन् । बिज्ञप्तिमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले सामाजिक संजालमा माक्स खरीद गर्दा भ्रष्टाचार भएको भन्दै आएको कुराहरुले चरित्रहत्या भएको उल्लेख गरेका छन् । बिज्ञप्तिमा धामीले आफूले अनियमितता गरेको पाइएको जुनसुकै कारवाही भोग्न तयार भएको भन्दै छानवीन गर्न अनुरोध गरेका छन् । 


यस विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले सुरुवातमा ६/७ सय माक्स निर्माण गरेको तर त्यसको गुणस्तर राम्रो नभएको भन्ने भएपछि थप बनाउन रोकेको बताएपनि आजै गाउँपालिकाको वेवसाइटमा जारी एक बिज्ञप्तिमा ३ हजार पाँचसय माक्स वितरण भएको उल्लेख गरि बिज्ञप्ति आउनुले गाउँपालिका प्रमुखलाई नै कति माक्स वितरण गरियो भन्ने थाहा नभएको स्पष्ट बुझ्न सकिन्छ । उनले भने – 'सामाजिक संजालमा भनिएजस्तो ५ हजार ५०० माक्स सिलाइएकै छैन । ५/६ सय माक्स सिलाएको हो, त्यसको भुक्तानी भएकै छैन । गाउँपालिकाले त्यो माक्सको लागि कुनै बजेट बिनियोजननै नगरेको अवस्थामा भ्रष्टाचार भयो भन्ने आरोप आएको छ ।' उनले गाउँमै  बनाइएको माक्स राम्रो नभएपछि काठमाडौँबाट सर्जिकल माक्स मगाइएको बताएका छन् । 

अध्यक्ष धामीका अनुसार गाउँमा २० वटा पीपीई आएको छ । थप स्वास्थ्य सामग्री काठमाडौँबाट मगाइएको छ । सर्जिकल माक्स सहित अन्य स्वास्थ्य उपकरण आउने चरणमा छ । 

अध्यक्ष धामीका अनुसार गाउँपालिकामा १३९ जना क्वारेनटाइनमा राखिएको मध्ये सबैको स्वास्थ्य परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको छ । हाल गाउँपालिकामा १७ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह