११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खसीको मासु किलोकै १६००, नगरपालिकाद्वारा आकस्मिक छापा

९ बैशाख २०७७, मंगलवार १०:३८

वैशाख ९, भक्तपुर | सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ । खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४०० वृद्धि गरेका छन् । लकडाउनअघिसम्म प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुँदै आएको खसीको मासु अहिले प्रतिकिलो रु एक हजार ६०० पुगेको छ । 

बालकोटमा मात्रै होइन जिल्लाका अधिकांश मासु पसलमा अहिले खसीको मासु प्रतिकिलो रु ४०० देखि रु ५०० सम्म वृद्धि गरी बिक्री गर्न थालेका छन् । बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “लकडाउन पहिले खसीको मासु प्रतिकिलो रु एक हजार २०० मा बिक्री गरेको हो, अहिले खसी पाइँदैन, पाइए पनि जिउँदो खसी नै प्रतिकिलो रु ८५० तिर्नुपर्छ अनि रु एक हजार ६०० मा बिक्री नगरे घाटा लाग्छ ।”

कुखुराको मासु प्रतिकिलो रु ३५० मा बिक्री गर्ने गरेको छ । कुखुरा सहजै पाइने भएकाले कुखुराको मासुको भने मूल्य वृद्धि नभएको उहाँको दाबी छ । भक्तपुर सूर्यविनायक चोकका सूर्यविनायक मिट सपका सञ्चालक सूर्यबहादुर शाहीले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको बताउनुभयो । वैशाख १ गते रु एक हजार ८०० सम्ममा बिक्री गरेको बताउँदै खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्नुहुन्छ । 

व्यापारीले जिउँदो कुखुरा प्रतिकिलो रु १९० मा ल्याउने गरे पनि तयारी कुखुराको मासु भने रु ३५० मा बिक्री गर्ने गरेका छन् । लकडाउनमा मासु व्यापारीले मनोमानी मूल्य राखेर चर्को मूल्यमा मासु बिक्री गर्ने गरेको अनुगमनका क्रममा पनि पाइएको छ । व्यवसायीले बजारमा मासुको मनपरी मूल्य निर्धारण गरी बिक्री गरेपछि भक्तपुर नगरपालिकाले मासु पसलमा छापा मारेको छ । आज बिहान नगरपालिकाले विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो । 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले गरेको मासु पसलको आकस्मिक अनुगमनमा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो । कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा कुखुराको मासु प्रतिकिलो रु ३०० सम्म र खसीको मासु किलोको रु एक हजार ५०० सम्म लिई मनपरी मूल्यमा कालोबजारी गरेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा भक्तपुरको केजी कोल्ड स्टोर, ख्वप कोल्ड स्टोर, पूर्ण शाहीको खसी र कुखुराको मासु पसल, भक्तपुर भ्याली कोल्ड स्टोरलगायतले दर्ता नवीकरण नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, खसीको मासु महँगोमा बिक्री गरेको, मासुको मनपरी मूल्य लिएको, मूल्य सूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, फ्रिज चलाएको नमिलेको, मासु जालीले छोपेर नराखेको पाइएपछि तत्काल त्यस्ता गल्ती सुधार्न सचेत गराएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

अनुगमन टोलीका राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापाले लकडाउनयता मासु पसलदेखि अन्य दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलमा मनोमानी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको जानकारी दिनुभयो । स्थानीय तहले प्रभावकारी ढङ्गले लकडाउनमा बजार अनुगमन गर्न नसक्दा मनोमानी मूल्य लिएको, सुरक्षा सामग्री मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग नगरेको, एक मिटरको दूरी कायम नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य