३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

९ बैशाख २०७७, मंगलवार १५:१६

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । 

लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो । 

डिस्चार्ज हुनेमा ३४ वर्षीय अमृत शाही हुनुहुन्छ । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उहाँलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उहाँ सो अस्पतालमा भर्ना हुनुभएको थियो ।  कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या दुई पुगेको छ । सो अस्पतालमा  कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाको छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा आजैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली