२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाका कारण यार्सा टिप्न प्रतिबन्ध

२०७७, १४ बैशाख आईतवार ०६:०७

वैशाख १४, बझाङ | बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् ।

जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गरे पनि यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको सङ्क्रमण बढ्ने भएपछि स्थानीय तहहरुले यार्सागुम्बा टिप्न जानमा रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको तथा आम्दानीको रूपमा लिने यार्सागुम्बालाई यस वर्ष रोगको जोखिम भएपछि टिप्न जान रोक लगाएको हो । 

कतिपय स्थानीय तहका मानिस यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च गर्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने र आफूहरु घरमै बसेको साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनदेखि चार हजारको उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि वैशाखदेखि असार अन्तिमसम्म बझाङ जिल्ला मात्र नभएर छिमेकी जिल्लाका समेत हजारौँ मानिस र्यासागुम्बा टिप्न आउने गरेकोसमेत बोहराले बताउनुभयो । 

साथै अघिल्ला वर्षहरुमा घरपरिवारसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुने गरेका थिए भने तीन महिनासम्म जोखिमयात्रा गरेर टिपेको यार्सागुम्बा प्रतिकेजी रु नौ–दश लाखमा बेच्ने गरेको समेत बोहोराले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ