२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

१७ बैशाख २०७७, बुधबार ०३:४०

वैशाख १७, हेटौडा | हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ । 

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो । निर्देशनालयका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया तथा सम्झौतासमेत सम्पन्न गरेर आर्थिक वर्षको अन्त्य वा नयाँ आर्थिक वर्षको शुरुआतमा काम शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको चरणमा प्रवेश गरिने योजना रहेको छ । सडकलाई १० मिटरको चौडा बनाएर पक्की नाला निर्माण गरी सात मिटरलाई कालोपत्रे बनाइने गरी बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । 

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा साना सवारीलाई मात्र आवतजावत गर्न मिल्ने चार मिटरको साँघुरो सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएकामा खुशी लागेको बताउनुहुन्छ। यसले भीमफेदीको सुन्दर भविष्य निर्माणमा मद्दत पुर्याउने उहाँको भनाइ छ । उहाँले यस प्रक्रियामा योगदान दिनुभएकामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति आभार व्यक्त गर्नुभयो ।

उक्त मार्गको भीमफेदी–देउराली तथा देउराली–कुलेखानी सडकखण्ड एवं इन्द्रसरोबर गाउँपालिकादेखि काठमाडौँको छैमले क्षेत्रमा समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता