सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको "/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

नवलपरासीमा ३६ करोड ९३ लाख बजेट फ्रिज, राजस्वमा भने ३८ प्रतिशतले बृद्धि

४ श्रावण २०७३, मंगलवार ०७:५५

सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक बर्ष ०७२,०७३ मा जिल्लाका लागि बिनियोजित बजेट ४ अर्व ९२ करोड १२ लाख ५ हजार ७ सय ५ रुपैया  बजेट मध्य ४ अर्व ५५ करोड १८ लाख ७७ हजार २ सय ८६ रुपैया को कारोबार भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख महेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याँक अनुसार कुल रकमबाट चालु तर्फका लागि ४ अर्व २० करोड २८ लाख ७३ हजार ६ सय ७३ रुपैया बिनियोजित भएकोमा जम्मा रु ३ अर्व ९७ करोड ५४ लाख ९१ हजार ९ सय ३० खर्च भएको उहाले बताउनुभयो । यस्तै पुजीँगत तर्फका लागि बिनियोजीत बजेटमा ७१ करोड ८३ लाख ३२हजार ३२ रुपैया मध्य जम्मा ५७ करोड ६३ लाख ८५ हजार ३ सय ५६रुपैया खर्च भएको प्रमुख भण्डारीले बताउनुभयो । उहाका अनुसार चालु तर्फ ५.४१ प्रतिशत बजेट फ्रिज भएको छ भने पुजीँगत तर्फ १९ .७६ प्रतिशत रकम फ्रिज भएको छ ।

   पुजिँगत तर्फ ठुला ठुला आर्थिक कारोबार गर्ने कार्यालयहरुले बिनियोजन बजेट खर्च गर्न नसक्दा बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख भण्डारीले बताउनुुभयो । तर केही रकमको चेक साट्न बाकिँ रहेकाले पनि त्यति बजेट फ्रिज भएको देखिएको उहाले बताउनुभयो ।

     गत आर्थिक बर्ष ०७१,०७२ मा कुल बियोजन बजेट मध्य चालु तर्फ छुट्याईएको बजेट ९५ प्रतिशतले खर्चभएको थियो भने यस आ व मा पनि करिव ९५ प्रतिशत नै खर्च भएको कोष तथा लखा नियन्त्रक कार्यालय नवलपरासीले जनाएको छ । भने गत आ.व. मा पुजिँगत तर्फ ८२ प्रतिशत खर्च भएकोमा यस आ. व. मा ८०.२४ प्रतिशत खर्च भएको छ ।

राजस्व सँकलनमा बृद्धि

      यस बर्ष नवलपरासी जिल्लामा ८३ करोड ४३ लाख २८हजार ४४ रुपैया राजस्व सँकलन भएको छ । गत बर्ष ६० करोड १२ लाख ७३ हजार ३ सय ३८ रुपैया राजस्व सँकलन भएको थियो । हाल बिगतको तुलनामा ३८ प्रतिशतले राजस्व सँकलनमा बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवपलरासीका कोष नियन्त्रक दिपक पौडेलले जानकारीदिनुभयो । सरकारी कार्यालयको राजस्व सँकलन  हुने राष्टिृय बाणिज्य बैक परासी शाखामा ५० करोड ७० लाख ४ हजार ६ सय ५३ रुपैया राजस्व सँकलन भएको छ भेन राष्टिृय बाण्ज्यि बैक कावासोति शाखामा ३२ करोड ७३ लाख २३ हजार ३ सय ९० रुपैयाँ सँकलन भएको कोष नियन्त्रक पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?