सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको "/>
2026-09-19 06:11 AM
अर्थ/विकास

नवलपरासीमा ३६ करोड ९३ लाख बजेट फ्रिज, राजस्वमा भने ३८ प्रतिशतले बृद्धि

सरु शर्मा, साउन ४, परासी । आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक बर्ष ०७२,०७३ मा जिल्लाका लागि बिनियोजित बजेट ४ अर्व ९२ करोड १२ लाख ५ हजार ७ सय ५ रुपैया  बजेट मध्य ४ अर्व ५५ करोड १८ लाख ७७ हजार २ सय ८६ रुपैया को कारोबार भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख महेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याँक अनुसार कुल रकमबाट चालु तर्फका लागि ४ अर्व २० करोड २८ लाख ७३ हजार ६ सय ७३ रुपैया बिनियोजित भएकोमा जम्मा रु ३ अर्व ९७ करोड ५४ लाख ९१ हजार ९ सय ३० खर्च भएको उहाले बताउनुभयो । यस्तै पुजीँगत तर्फका लागि बिनियोजीत बजेटमा ७१ करोड ८३ लाख ३२हजार ३२ रुपैया मध्य जम्मा ५७ करोड ६३ लाख ८५ हजार ३ सय ५६रुपैया खर्च भएको प्रमुख भण्डारीले बताउनुभयो । उहाका अनुसार चालु तर्फ ५.४१ प्रतिशत बजेट फ्रिज भएको छ भने पुजीँगत तर्फ १९ .७६ प्रतिशत रकम फ्रिज भएको छ ।

   पुजिँगत तर्फ ठुला ठुला आर्थिक कारोबार गर्ने कार्यालयहरुले बिनियोजन बजेट खर्च गर्न नसक्दा बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख भण्डारीले बताउनुुभयो । तर केही रकमको चेक साट्न बाकिँ रहेकाले पनि त्यति बजेट फ्रिज भएको देखिएको उहाले बताउनुभयो ।

     गत आर्थिक बर्ष ०७१,०७२ मा कुल बियोजन बजेट मध्य चालु तर्फ छुट्याईएको बजेट ९५ प्रतिशतले खर्चभएको थियो भने यस आ व मा पनि करिव ९५ प्रतिशत नै खर्च भएको कोष तथा लखा नियन्त्रक कार्यालय नवलपरासीले जनाएको छ । भने गत आ.व. मा पुजिँगत तर्फ ८२ प्रतिशत खर्च भएकोमा यस आ. व. मा ८०.२४ प्रतिशत खर्च भएको छ ।

राजस्व सँकलनमा बृद्धि

      यस बर्ष नवलपरासी जिल्लामा ८३ करोड ४३ लाख २८हजार ४४ रुपैया राजस्व सँकलन भएको छ । गत बर्ष ६० करोड १२ लाख ७३ हजार ३ सय ३८ रुपैया राजस्व सँकलन भएको थियो । हाल बिगतको तुलनामा ३८ प्रतिशतले राजस्व सँकलनमा बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवपलरासीका कोष नियन्त्रक दिपक पौडेलले जानकारीदिनुभयो । सरकारी कार्यालयको राजस्व सँकलन  हुने राष्टिृय बाणिज्य बैक परासी शाखामा ५० करोड ७० लाख ४ हजार ६ सय ५३ रुपैया राजस्व सँकलन भएको छ भेन राष्टिृय बाण्ज्यि बैक कावासोति शाखामा ३२ करोड ७३ लाख २३ हजार ३ सय ९० रुपैयाँ सँकलन भएको कोष नियन्त्रक पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई