2026-09-19 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पूर्ण पदपूर्ति रोक्न लोक सेवालाई अनुरोध गर्ने सरकारको निर्णय, अब परीक्षा कहिले हुन्छ ?

बैशाख १९, काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि हाललाई स्थगित गर्न लोक सेवालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो यो निर्णयसंगै लोकसेवा आयोगबाट लिइने निजामती सेवा लगायत सुरक्षा तथा संगठित क्षेत्रका विभिन्न तहका परीक्षाहरु कहिले हुन्छन् भन्ने विषयमा परीक्षा तयारीमा रहेका विद्यार्थीहरुमा अन्योलता देखिएको छ । 

सरकारले लोकसेवालाई अनुरोध गरेपनि लोकसेवाले पछिल्लो पटक थप निर्णय लिएको छैन । कोरोना भाइरस रोगका कारण सृजना भएको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई लिएर यसअघि चैत्र २६ गते एक सुचना जारी गर्दै आयोगले विज्ञापन प्रकाशन तथा लिखित परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई