२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति, दुवै टावर भाचिए (तश्विर सहित)

२६ बैशाख २०७७, शुक्रबार ०२:४५

वैशाख २६, सुर्खेत | वर्षातसंगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिनुभयो । “जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक केसीले भन्नुभयो, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।”


त्यसबाट कुनै मानवीय क्षति भने नभएको उहाँले जनाउनुभयो । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो । उहाँका अनुसार यो रिलेस्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् । 


“बन्दाबन्दीका कारण क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन”, केन्द्र प्रमुख साहले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर आज इलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति यकिन गरिने छ ।” हुरीबतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भए पनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भइरहेको उहाँले बताउनुभयो ।

समाचार रासस | तश्वीर: नेपाल टेलिभिजन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल