२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अग्रभागमा खटिनेलाई कोरोना बीमा

११ जेष्ठ २०७७, आईतवार ०३:२५

जेठ ११, बागलुङ | कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती छ । त्यसैले कोरोना सङ्कटमा अग्रभागमा खटिनेलाई हौसला प्रदान गर्न बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना बीमा गर्ने निर्णय गरेको छ । 

कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गाउँपालिकाभर अग्रभागमा खटिने १०० जनालाई कोरोना बीमा गर्ने निर्णय भएको बरेङ गाउँपालिकाले जनाएको छ । कोरोना सङ्कटको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीसहित १०० जनाको प्रतिव्यक्ति रु एक लाख बराबरको कोरोना बीमा गरिने गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गाउँपलिकाले प्रत्येक व्यक्तिको रु एक लाखको कोरोना बीमा गर्दा रु ६०० प्रिमियम भुक्तिनी गर्ने छ । कोरोना बीमाका लागि गाउँपालिकाले रु ६० हजार खर्च गर्नेछ । 

गाउँपालिकाले स्वास्थ्यकर्मीसँगै स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले ३० स्वास्थ्यकर्मी, १० पत्रकार, १५ कर्मचारी, पाँच सुरक्षाकर्मी र अन्य अग्रभागमा काम गर्ने जनप्रतिनिधि गरी १०० जनाको कोरोना बीमा गर्नेछ । 

कोरोना सङ्कटको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलगायतकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “कोरोना कहरको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन हामीले कोरोना बीमा गर्न थालेका हौँ”, थापाले भन्नुभयो, “कोरोना बीमासँगै स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकार उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनेछन् ।” कोरोनाका कारण विश्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारसमेतको मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमा गरिएको थापाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ