२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइसोलेशन सेण्टरको अभाव

२०७७, ११ जेष्ठ आईतवार ०४:२१

जेठ ११, परासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेशन सेन्टर स्थापना  हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ  । जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन वार्ड छ । यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शय्याको आइसोलेशन वार्ड हटाइएपछि झन् समस्या देखापरेको हो ।  

सो अस्पतालमा अन्य  सेवा प्रवाहमा समस्या देखिने भएकाले प्रदेश सरकारको समन्वयमा आइसोलेशन वार्ड हटाइएको अस्पतालका प्रमुख डा मोहम्मदनुरुल होदाले जानकारी दिनुभयो  ।  जिल्लाका विभिन्न स्थानमा आइसोलेशन व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जिल्लास्तरीय कोभिड नियन्त्रण समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले जानकारी दिनुभयो  । 

प्रदेश सरकारले तराईका सबै जिल्लामा २०० शय्याको आइसोलेशन सेन्टर व्यवस्थापन गर्ने जनाए पनि जिल्लामा हालसम्म शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन अस्पताल रहेको छ । 

पछिल्लो पटक  जिल्लामा फेला परेका पाँच कोरोना सङ्क्रमितमध्ये  रामग्राम नगरपालिकामा फेला परेका दुई सङ्क्रमित तीन दिनदेखि क्वारेन्टिनमा बस्दै आएका छन् ।  पृथ्वीचन्द्र अस्पतालमा भएको  आइसोलेशन बेड हटाइएपछि  प्रदेश सरकारले स्थापना गरेको आइसोलेशन सेन्टरमा बेड खाली नभएकाले दुई  सङ्क्रमित हालसम्म परासीस्थित आदर्श माविको क्वारेन्टिनमा बसेका छन् । 

जिल्लामा हालसम्म एक १५ वर्षीष किशोरीसहित पाँच जना कोरोना सङ्क्रमित फेला परेका छन् । तिनमा रामग्राम नगरपालिका –३ घोडपालिकाका ३३ वर्षीय पुरुष र  वडा नं १८ पम्फापुरकी १५ वर्षीया किशोरी,  सुस्ता गाउँपालिका–५का ३५ र २६ वर्षीय गरी दुई पुरुष  तथा प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीका एक ३६ वर्षीय पुरुष छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा