२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दाबन्दीको सदुपयोगः बेनी बजार संरक्षण आयोजना सम्पन्न

२०७७, १७ जेष्ठ शनिबार ०९:४४

जेठ १७, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि बेनीमा सञ्चालित नदी नियन्त्रण योजना बन्दाबन्दीकै बीचमा सम्पन्न भएको छ । 

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु आठ करोड ७८ लाख लागतमा बेनीबजारस्थित कालीगण्डकी र म्याग्दी नदीको किनारमा ४३५ मिटर पक्की रिटेनिङ र आरसिसी पर्खाल निर्माण गरेको हो । उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत सो परियोजनाले बेनीमा दुई वटा ठेक्कामार्फत नदी नियन्त्रण कार्य सम्पन्न गरेको जनाएको छ । 

लकडाउनको अप्ठ्यारो परिस्थितिका बाबजुद पनि निर्धारित समयअगावै योजना सकिएको परियोजनाका इञ्जीनियर राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । “कालीगण्डकीको बाँया किनार पर्वततर्फ २०० मिटर ग्याबियन पर्खाल लगाएका छौँ”, उहाँले भन्नुभयो, “बायाँ किनार म्याग्दीतर्फ आरसिसी र मेसिनरी वाल लगाउने कार्य बन्दाबन्दीकै बीचमा बर्खाअघि नै सकिएको छ ।”

रु तीन करोड ७० लाखमा ठेक्का लिएको नयाँबाटो कन्स्ट्रक्शनले मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ८३ मिटर लम्बाइ भएको मेसिनरी पर्खाल बनाएको छ । यस्तै कालीपुलको तल्लो भागमा ४५ र माथिल्लो भागमा ५६.७५ मिटर पर्खाल लगाएको छ । मेसिनरी पर्खालको उचाइ आठ दशमलव पाँच मिटर छ । गत असारमा सम्झौता गरेको कम्पनीले एक महिनाअगावै काम सम्पन्न गरेको छ । 

विसं २०७५ भदौ २८ गते कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पर्खला बगाएपछि रुग्णमा परिणत भएको खड्का कृष्ण कन्स्ट्रक्शनसँगको ठेक्कामार्फत आरसिसी पर्खाल निर्माण पनि सकिएको छ । रु पाँच करोड आठ लाख ३२ हजारको लागतमा बाढीले बगाएको ९७ मिटर तथा बाँकी आरसिसी पर्खाल निर्माण पनि सकेको परियोजनाका अर्का इञ्जीनियर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । 

उहाँका अनुसार बेनी नगरपालिका कार्यालय अगाडि म्याग्दी नदी किनारमा १७३.५ मिटर, खुलामञ्च क्षेत्रमा ७०.५ र कालीगण्डकी किनारमा १४.४५ मिटर लामो छ मिटर अग्लो पर्खाल निर्माण भएको छ । कालीगण्डकीको बायाँ किनारमा पर्ने पर्वतको जलजला गाउपालिकाको बगरफाँट र वारीबेनीमा पनि रु एक करोड ५० लाखको लागतमा ६०० थान ग्याबियन पर्खाल निर्माण भएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पर्ने बेनी नगरपालिका–२ भसभसेको पहिरो र बगरफाँटको कोतखोला नियन्त्रणका लागि पनि रु ५०÷५० लाखको लागतमा ग्याबियन पर्खाल निर्माण शुरु भएको छ । बेनीबजार बर्खायाममा कालीगण्डकी र म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएको छ । नदी कटानका हिसाबले बेनी देशकै जोखिमयुक्त जिल्ला सदरमुकाम हो ।

नदी नियन्त्रण भएपछि सुरक्षित महसुस गरेको बेनीको मङ्गलाघाटका अमरबहादुर घिमिरेले बताउनुभयो । बन्दाबन्दीमा काम हुन नसकेर नदी नियन्त्रण योजना अलपत्र पर्ने र बर्खामा नदीले कटान गर्ने चिन्ताले पिरोलिएका बेनीवासीलाई अब राहत मिलेको छ । मङ्गलाघाटकै पुष्कलबहादुर जोशीले बाँकी ठाउँमा पनि पर्खाल निर्माणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उपलब्ध मजदुरलाई सुरक्षा सतर्कता अपनाएर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर नदी नियन्त्रण योजना निर्माण गरेको खड्का कृष्ण कन्स्ट्रक्शनका प्राविधिक निश्चल पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा