Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्पेनिस युवती आइना बार्कासँग झुकेका मेरा आँखा

By साझासवाल

सन्तोष श्रेष्ठ / बिजय शर्मा दर्पण | …. मोबाईलमा घण्टी बज्यो ।
मैले हेल्लो भने उताबाट युबतिको स्वर थियो । त्यो पनि बिदेशी टोनमा प्रष्ट नेपाली बौल्दै,भेटौ न समय कहिले मिल्छ तपाइलाई ? केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो ।

उनले भने बमोजिम नै ठिक समय र स्थानमा म पुगेको थिएँ । उनि आईन्, अनि शुरुमै उनले भनिन – 'नेपालमा कोही पनि दिएको समयमा आउदैनन् तब आउछन् जब म कुर्दा कुर्दा थाकेर हिन्छु ।' मैले ट्राफिक जाम लगाएतका अन्य समस्याहरुले जोड्दै कुरा बङ्गाउन खोजे तर उनले मानिनन् र भनिन – 'सबै र सधै त्यस्तै हो । त्यसै प्रसंग जोड्दै अरु खुट्टा तान्ने प्रबृती लगायतका कुरा पनि थपिन् मानौं उनिसंग किताबको ठेली नै रहेछ, हाम्रा नेपाली समसामयिक परिबेशहरुको । कफीको सुर्कीसंगै उनले आफु भेट्न आउनुको कारण बताईन् झन् । उनले असहाय धेरै बालबालिकाहरु जम्मा गरेर सिप र शिक्षा दिदै आईरहेको उनको हेटौंडेली परिवार देखेर मेरा ऑखा रसाए ।

असहाय बालकहरु सम्हालेर उनलाई शिक्षा दिनु सिप सिकाउनु त्यो पनि त्यो कलिली उमेरकी युवती, अनि उनको लागि त्यो टाढाको देश जहाँ उनि केहि दुर्ब्यबहारमा समेत परेकी रहिछन् । मैले तिमी सधैभरि नेपाल बस्छौं ? भनेर सोधे । जब उनले जग्गा किनेर बन्दै गरेको हेटौडेली परिबारको घर देखाईन् । त्यस पश्चात आँखामा आँखा मिलाएर गफ गरी राखेको मेरो अनायशै अॉखा झुके । अनि सोंचे यो कलिली युवतीको साहस, राष्ट्रियता भन्दा माथि चढेर गरिएको मानवियता अनि त्यो उनैलाई गलत ब्यबहार गर्ने हाम्रो समाजको त्यो पनि शिक्षक भनाउदो । साच्चै सम्मानजनक थिईन् उनी, त्यही हेटौंडेली परिबारको लागि गर्दै गरेको च्यारिटी कार्यक्रममा शिव परियार पनि आउंदै हुनुहुन्छ, आउनुहोस् है भनिन् । मैले हुन्छ भने । केही स्पोंन्सरहरु पनि खोज्नुस् अनि म पनि कार्येक्रमलाई सहयोग गर्न इच्छुक छु, भन्दै उनको लागि सहयोगी बन्ने बाचा गर्दै हामी छुट्टियौं । हामीले गफगाफकै क्रममा खिचेको फोटो हेर्दै मन-मनै भने त्यती धेरै असहाय बालबालिका कि अबिबाहित यि कलिली आमा आह तिमी साच्चै “मदर आईना ” !

“आईना तिमी नेपाल त पुग्यौ, नेपालको स्वर्ग पुगेकी छैन रहेछौ । मनाङ-मुस्तांगहरु लगाएतका ठाउँहरु तिमीले अझै घुम्न बाँकी रहेछन त्यहा पनि जाउ है,नेपालको सुन्दरता त्यहॉका असिमीत बिशेषता, सगरमाथा, बुद्ध र संस्कृतिक बिबिधताको देश भनेर पनि बुझिदेउ र तिम्रो समुदायलाई बुझाईदेउ है । त्यहाँ गलत एक तर सज्जन हजारौं छन्, भन्ने बुझिदेउ है ।

खै हामीले कहिले सिक्ने ? कहिले शाहस गर्ने ? हुन पनि आफै बसेको ठॉउ । काम गर्नेलाई भन्दा चाकडीबाद फस्टाउछ । एकअर्काको खुट्टा तान्न र काटमारमै हामी ब्यस्त छौं । नेपालको समसायिक राजनिती हेर्यो, एकले अर्कालाई कसरी गिराउने भन्ने नै छ । कसरी संग-संगै माथि जाने भन्ने सोच नै छैन । कहिले हामीले हाम्रो खुट्टा तान्ने नेपाली भन्ने पहिचान सुधारौंला । कहिले असहाय पिडितको लागि सानै उमेरबाट जुट्न थाल्ने समाजको बिकाश गरौला । कहिले हामी एकअर्कालाई सम्मानित गर्न जानौंला । आउनुस सिकौं यिनै आईनाबाट सकेसम्म निशुल्क च्यारीटी सहयोगको लागि स्पेन आउंदै गर्नु भएका लोकप्रिय कलाकार शिव परियार दाजुलाई सम्मान स्वरुप स्वागत गर्न फुर्सद हुने साथीहरु एअरपोर्ट सम्मै जाऔं । सकिदैन कम्तिमा २४ जुलाईमा सिसीलिया कार्येक्रममा उपस्थित भएर सहयोग गरौँ ।

हरेक कार्यक्रममा खादा र सम्मानमा झुम्मिने स्टेजलाई मात्र कतिन्जेल ताली बजाउनु हुन्छ ? आज हामी पनि सहयोगी छौं भनेर उदाहरण दिनको लागी एक दिनको लागी ‪#‎iamwithainabarcashivapariyar‬ भनेर जुटौं । नेपाली दुर्ब्यबहार गर्दैनन्, सहयोग र सम्मान गर्छन् भन्ने उदाहरण उनी र उनको समुदायलाई दिउँ । उनको हौसलाका लागि ताली पिटौं, उनको हाम्रो देशप्रतीको मायाँ र सम्मानको लागि उभियौं । आउनुहोस् तयार हुनुहुन्छ शिब परियारको सांगितीक सॉझमा मनोरन्जन लिएर असहाय बालबालिकालाई सहयोग गर्न ?

थप समाचार पनि पढौं

असार महिनाको एक बिहान हेटौडा ६ हटिया स्थित एक विद्यालयमा एक विदेशी नागरीक वौद्धिक अपांगता भएका बालबालिकाको स्याहार मा ब्यस्त थिइन् ।आसा स्पेसल एजुकेसन एण्ड रिह्याविलिटेसन सेन्टर नामक स्कुलमा बालवालिका सुुकुलमा खेलि रहेका थिए भने कोही यताउति गरिरहेका देखि न्थे ।सामान्य अवस्थाका बालबालिकालाई भन्दा यिनीहरूलाई हेरचाह गर्दा बढी नै संवेदनशील र गम्भीर हुर्नुे भएकाले पनि उनिले वढिनै मेहनती बन्नु परेको स्पस्ट देखिन्थ्यो । विगत ३ वर्षदेखि यस्तै बालबालिका हुर्काउँदै आएकी स्पेनिस नागरीक आइना बार्का अन्य ८ जना सहयोगीको साथमा बालबालिको स्याहार र ब्यवहारीक सिप सिकाउनमै ब्यस्त हुन्छिन । हुन पनि बौद्धिक अपाङता भएका वालवालिका हरुलाई स–साना कुरामा ख्याल र्पुयाउनु पर्ने भएकाले सोचे जस्तो सजिलो कार्य हैन यो ।

सामान्य वाल-बालबालिका भन्दा बौद्धिक अपांगता भएका बालबालिकाको खानपान, जीवनशैली र व्यवहारको प्रकृति अलग हुन्छ । उनीहरूको सपना र चाहको कोलाज नै भिन्दै हुन्छ । यस्ता बालबालिका हरक्षण आफ्नै संसारमा हुन्छन् । त्यसैले बौद्धिक अपांगता भएका व्यक्तिको सेवासुश्रुषा गर्नेले उनीहरूको मनोदशा र वस्तुस्थिति बुझेर व्यवहार गर्नु पहिलो सर्त हो । र सर्त पालन गर्नु पर्छ ।“सबैभन्दा ठूलो कुरा त बौद्धिक अपांगता भएका बच्चाहरूको मनोविज्ञान बुझ्नुपर्छ । यिनीहरूका लागि प्रेम, स्नेह र ममताभन्दा महत्त्वपूर्ण ओखती अर्को छैन,” काखमा लुटपुटिन आइपुगेकी बालिका मुसार्दै बार्काले सुनाइन् । “हेरचाह गर्ने जिम्मेवारी लिएको व्यक्तिले लापरबाही गर्दा यिनीहरूका दुख थपिने मात्र होइन, मनमा चोट पनि लाग्छ ।”सुस्त मनस्थिति भएका बालबालिका राख्नको लागी अहिले एउटा मात्र भवन भए पनि बालबालिकाको अवस्था हेरेर छुट्टा छुट्टै तिन तहमा छुट्टयाएर उनिहरुलाई सिप र शिक्षा दिइने गरीएको उनले वताइन् । सानै उमेरमा गरेको निर्णयले परीवारमा सुरुवातमा बिस्वास दिलाउन पनि समस्या वताउदै उनले भनिन “अहिले परीवरको पनी राम्रो साथ पाएको छु“ स्पेनमा फ्यामेली दि हेटौडा र हेटौडमा हेटौडेली परीवार नामक संस्था स्थापना गरेर साथि र परीवारको सहयोगमा यो विद्यालय संचालन गरीरहेकी छिन उनले ।

नयाँ ठाँउ र कोहि सँग परीचय नभएकोले सुरुवातको दिनमा केहिले झमेला खोप्नु परेको अनुको अनुभब छ । सुरुवातमा ५ जना बालबालिका २ शिक्षक राखेर सुरु गरेको र क्रमिक रुपमा बढाउदै गएको बताउदै उनले अब कोहि पनि बौद्धिक अपाङगता भएका बालबालिका लाई बहिस्कृत हुन नदिने बताईन ।हाफ्नो ३ बर्षको बसाइमा आइनाले धरै यस्ता बालबालिकाको संगत गरिन् । थरीथरीका अशक्तताले घेरिएका बालबालिका देखिन् । उनीहरूलाई नजिकबाट बुझ्ने प्रयास गरिन् । अहिले पनि यस केन्द्रका तिन वटा सेक्सनमा बौद्धिक अपांगता भएका २७ बालबालिका छन् । त्यसो त आइनाको साइनो यो केन्द्रको जन्मसँगै यहाँका बालबालिकासँग जोडिएको छ । २१ बर्षको उमेरमा परीवार सँग नेपाल घुम्न आएकि उनलाई ३ जना बौद्धिक अपाङता भएका बालबालिका लाई सडक मा देखे पछि दया लाग्यो । आमा बुवाकि एक्लि सन्तान आइनाले ति बालबालिका लाई सडक मै छाड्न सकिनन् र नेपालमै बसिन्।

“मैले यस्तै बालबालिकालाई नै सेवा गर्छु भनेर देश, घर परीवार छाडेर बसेको छु” उनले भनिन् ,सेवा नै गर्ने हो भने त्यसका लागि प्रतिबद्धता र समर्पण महत्त्वपूर्ण रहेको जिकिर गर्छिन् आइना । उनि भन्छिन, “सजिलोमा त सबैले काम गर्छन्, अप्ठ्यारोमा सेवा गर्न सकियो भने बल्ल यस्तो काम गरियो भन्ने सन्तुष्टि मिल्छ ।”हाल स्कुलमा खुट्टा लुलिएका, हात नचल्ने, मेरुदण्डमा समस्या भएका र राम्ररी उभिन र हिँडडुल गर्न पनि नसक्ने बालबालिका छन् । बाहिर हिँडडुल गर्दा, सवारी साधन चढाउँदा, शौचालय जाँदा या उनीहरूका लागि तय गरिएका खेल खेलाउँदा समेत चनाखो हुन सकिएन भने सानो गल्तीले अशक्तहरूलाई अरू धेरै पीडा दिन सक्छ “यस्ता अरू धेरै कुराहरू छन्, जुन कुराहरू अपांगता भएका बालबालिकासँग जोडिन्छन्,” आइना भन्छिन्, “बालबालिका लाई हप्काएर, डराउन दिएर अथवा तर्साएर व्यवहार गरियो भने उनीहरूमा चिन्ताको मात्रा थपिन्छ ।त्यसैले मायालु व्यवहार गर्न नसक्ने व्यक्तिले अपांगता भएका बालबालिकासँग संगत नै नगरे हुन्छ ।”खानपान र फिजियोथेरापी यस्ता बालबालिकाका लागि अर्को महत्त्वपूर्ण पक्ष हो ।बालबालिकाको समस्या हड्डी र नशासम्बन्धी भएकाले उनीहरूलाई मासु, गेडागुडी र फलफूलजस्ता कुरामा जोड दिनुपर्छ ।

“यसमा पनि चिकित्सकको सल्लाह र सुझाव उपयोगी हुन्छ,” उनले भनिन् “मैले लबालिकाका लागि फिजियोको तालिका नै बनाएकी छु ।”अहिले सम्म के गर्नु भयो र भविश्यको योजना के छ भन्ने प्रश्नमा आइना भन्छिन् । “ यो २५ वषको उमेरमा मैले सिकेको एउटै कुरा हो, कष्टमा पनि खुसी हुन सक्नुपर्छ ।” आफूले गरेको कुरा आफँैले भन्नुभन्दा बालबालिकाको खुसीमा जवाफ खोज्न सकियो भने सार्थकता हुने धारणा उनको जवाफ थियो । अबको बाँकी जीवन पनि नेपाल मा रहेर यस्तो फरक अवस्थाका बालबालिकासँगै बिताउन चाहन्छिन् उनि ।भन्छिन् “अब त अरू केही सोच्नै सकिँदैन ।” समाजमा अझै पनि बोद्धिक अपांगता भएका बालबालिकालाई बोझका रूपमा हेर्ने चलन छ, जुन अन्त्यको का लागी म लागी पर्ने छु ।