दान बहादर बुढा | असार ५, मुगु | सुनको सिरानी गरेर नुनको खोजि गर्ने कर्णाली बासीहरु हिजोआज बर्षको एकापटक नेपाल सरकारको अनुदानको भानु नुन पाएपछि बिकट हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाका स्थानिय जनताहरु निकै खुसी भएका छन ।

नेपाल सरकारले बिकट हिमाली जिल्लामा अनुदानको भानु आयोडिन नुन प्रत्यक बर्ष बितरण गर्दै आएपन्नी यो बर्ष बिश्वभरी फैलिएको महामारी कोरोना भाईरस कोभिड १९ बाट बच्न र बचाउनको लागी गरिएको सरकारको लकडाउनको कारण असारको पहिलो हप्ता सरकारी अनुदानको आयोडिन नुन खत्याड गाँउपालिकामा रहेका एक वडादेखी एघार वडा सम्मका ३ हजार ६ सय ४७ घर परिवारले घर दैलोमा नुन पाउदा निकै खुसी भएका छन ।

बिगतका बर्षहरुमा आयोडिन नुन पाईदैनन् थियो । ढिके (डल्लो)नुन तिब्बतको ताउलाखारा भारतको रुपडिया नेपालगंन्ज, सुर्खेत, दैलेखसम्म पुगेर नुन ल्याएर खाने गरेका थियौं । पछिल्ला बर्षहरुमा सरकारले आयोडिन नुन अनुदानबाट पाउदै आएका छौं । यो बर्ष एकबर्ष पछि मात्र प्रत्यक घर धुरीलाई २५ पोका नुन पाउदा निकै खुसी लागेको खत्याड गाँउपालिका वडा नम्बर ४का भिम बहादुर थापाले बताएका छन ।

प्रत्यक बर्षको फाल्गुन महिना तिर सरकारको आयोडिनयुक्त नुन बितरण गर्दै आउने गरेको थियो तर यो बर्ष कोरोना भाईरस संक्रमण हुनु भन्दा पहिले मुगु जिल्लाका तीन स्थानिय तह मुगमकामारोङ्ग गाँउपालिका, सोरु गाँउपालिका, छायानाथ रारा नगरपालिकामा सरकारी अनुदानको नुन बितरण गरि सकेको र कोरोना भाईरस कोभिड १९ले गर्दा सरकारको लकडाउनको कारण यो बर्ष खत्याड गाँउपालिकाको नुन बितरणमा केही ढिला भएको र सरकारको अनुदान नुन प्रत्यक घर धुरीलाई २५ केजि ९ रुपैयाको दरले खत्याड गाँउपालिकामा रहेका ३ हजार ६ सय ४७ घर परिवार, सुरक्षा कर्मी, कर्मचारी बिद्यालय शिक्षक, संघ-सस्थाका कर्मचारीहरुलाई मिलाएर आयोडिन भानु नुन बितरण गरिएको साल्ट टेडिङ्ग कपोरेसन निमिटेड मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले जानकारी गराएका छन ।