2026-09-13 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गलकोटमा सभाहल शिलान्याश

असार ६, बागलुङ | गलकोट नगरपालिका–७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभाहल’ बन्ने भएको छ । रु एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गर्नुभयो ।

सो अवसरमा उपप्रमुख काउचाले सभाहल निर्माणमा नगरपालिकाले यथोचित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सभाहल बनेपछि नगरकै गहनाका रुपमा रहन्छ, यो अत्यावश्यक पनि थियो”, उहाँले भन्नुभयो । एक सय ५० जना अट्ने क्षमताको सभाहल आगामी दुई वर्षभित्र बनाइसक्ने योजना रहेको निर्माण समितिका अध्यक्ष थम्मन थापाले बताउनुभयो । सभाकक्षसहित कार्यालय, प्रतीक्षाकक्ष, अतिथिकक्ष, शौचालयलगायतका संरचना बन्ने उहाँको भनाइ छ ।

सभाहलका लागि गण्डकी प्रदेशको भौतिक मन्त्रालयले चालु आवमा रु १५ लाख बजेट विनियोजन गरेको थियो । यस्तै घुम्टे युवा परिवार जापान शाखाले रु छ लाख उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो । “तीनै तहका सरकारसहित अन्य सहयोगदाताबाट आर्थिक जुटाएर सभाहल निर्माणलाई पूर्णता दिन्छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “नगरस्तरको सुविधायुक्त सभाहल बनाउने सपना साकार हुँदैछ ।”

विसं २०७५ मा घुम्टे युवा परिवारले सभाहल निर्माणका लागि पहल अगाडि बढाएको थियो । सोही वर्षको फागुपूर्णिमा मेला एवं घुयुपको वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका गण्डकी प्रदेशका भौतिकमन्त्री रामशरण बस्नेतसमक्ष बजेटका लागि मागपत्र बुझाइएको थियो ।

मन्त्री बस्नेतले आउँदो आवमा पनि बजेट छुट्टाउने आवश्वासन दिलाएको अध्यक्ष थापाको भनाइ छ । वडाध्यक्ष टीकाबहादुर थापाले पनि वडाको योजना र बजेटमा सभाहललाई समेट्ने बताउनुभयो । सभाहल पछि वडाकै स्वामित्वमा रहने जनाइएको छ । सभाहल बने पनि सभा, गोष्ठी, सेमिनार गर्न सहज हुने वडाध्यक्ष थापाको भनाइ छ । अहिले व्यवस्थित सभाहल नहुँदा वडाका सानातिना कार्यक्रम गर्दा पनि स्थान अभाव हुने गरेको छ ।

सभाहल निर्माणका लागि वडासदस्य लोकबहादुर थापा, समाजसेवी हरिदत्त गौतम, राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष दलबहादुर थापा, स्थानीयवासी भक्तबहादुर थापा, कमला थापा र प्रकाश थापाले झण्डै तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पछिल्लो समय स्थानीय तहहरुमा धमाधम सभाहल बन्दैछन् । सोही नगरपालिकाको वडा नं २ नरेठाँटीमा पनि रु ६५ लाख खर्चेर यसै वर्ष सभाहल बनाएको छ । उक्त सभाहलमा पनि १५० जना अट्ने क्षमता छ । सभाहल बनेपछि नगरस्तरका कार्यक्रम गर्न सहज बनेको छ । उक्त सभाहल निर्माण नगरपालिकाको गौरवको योजनामा थियो । 

छिमेकी ताराखोला गाउँपालिकाले पनि वडा नं २ अर्गलमा बहुउद्देश्यीय सभाहल निर्माण गरेको छ । रु दुई करोड ६७ लाखमा बनेको सभाहलमा ५०० जना अट्ने क्षमता छ । उक्त सभाहलमा प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी छ । सबै स्थानीय तहमा बहुउद्देश्यीय खालका सभाहल बनाउने प्रदेश सरकारको नीति छ । सोहीअनुसार स्थानीय तहसँग लगानीमा साझेदारी गर्दै आएको छ । जिल्लाको बरेङ गाउँपालिकालगायत अन्य स्थानीय तहले पनि सभाहल निर्माणको काम थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले