2026-09-13 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकामा रु एक करोड खर्च

असार ६, तनहुँ | तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नगरपालिकाको कोषमा नगरपालिकाबाट विनियोजित रु ६३ लाख र विभिन्न सङ्घसंस्था, व्यक्तिगत एवं शिक्षक कर्मचारीबाट रु ६७ लाख ७१ हजार ७०८ प्राप्त भएको थियो । नगरपालिकाको शुक्रबार बसेको बैठकले आइसोलेसन अस्पताल र क्वारेन्टिन व्यवस्थापनका लागि रु ७० लाख बजेट विविध शीर्षकबाट रकमानान्तर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको तयारी थालेको छ । आइसोलेसन अस्पताल बनाउन व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन उपलब्ध गराउन माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । “दमौली अस्पतालले क्रियापुत्री भवनमा बनाएको आइसोलेसन कक्ष भरिएपछि थप आइसोलेसन कक्ष बनाउनुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “क्षेत्री समाजको भवन आइसोलेसन कक्षका लागि उपयुक्त देखिएकाले उक्त भवन आइसोलेसन कक्ष बनाउन माग गरेका छौँ ।”

बैठकले व्यास नगरपालिकामा बसोबास गर्ने मिर्गौलाका बिरामीलाई डायलासिस गर्दा प्रत्येक पटक रु एक हजार यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने मिर्गौलाका बिरामीले दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउनुपर्ने हुन्छ । सार्वजनिक सवारीसाधन नचलेका कारण मिर्गौलाका बिरामीले सवारीसाधन रिजर्भ गरेर डायलासिस गराउन आउनुपर्ने बाध्यता रहेको छ । नगर प्रवक्ता श्रेष्ठका अनुसार विपन्न परिवारका महिला सुत्केरी भएमा रु तीन हजार पोषण खर्च उपलब्ध गराउने निर्णय भएको छ । 

बैठकमा व्यास नगरपालिकाको ३३ औँ नगरसभामा पेश हुने नीति तथा कार्यक्रम, बजेट कार्यक्रम र आर्थिक ऐन २०७७ पेश भई छलफल गरिएको छ । विभिन्न सुझावलाई समावेश गरी असार ८ गते हुने बैठकमा पेश गर्न राजस्व परामर्श समिति र बजेट तर्जुमा समितिलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले