Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई सुशासन समितिले बोलायो

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले प्रवेश परीक्षामा अख्तियारले हस्तेक्षप गरेको बारे मुख खोलेपछि त्यस विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढेको स्वीकार गरेका थिए । यसैबीच समितिको बैठकले अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई आतबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिले सोधपुछ पछि वास्तविकता पत्ता लगाउन समिति गठन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । सो विषयतमा मौन रहेको काठमाडौँ बिश्वबिद्ध्यालयले समेत त्यसबारे मुख खोलेपछि समितिले अख्तियारको पदाधिकारीहरुलाई आइतबारको बैठकमा बोलाएको हो ।

अनसनरत डा.केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । सोही विषयलाई लिएर सुशासन समितिको आजको बैठक बसेको हो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग समेत गरे । त्यस्तै नेपाली कांग्रेसका ध्रुव वाग्ले, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद, सदभावना पार्टीका नरसिंह चौधरी लगायतले पनि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका छन् ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका डिन, रजिष्ट्रार कानुनी सल्लाहकारहरुको सहभागीता रहेको थियो । यही बिषयमा आजको बैठकमा अख्तियारलाई नबोलाइएको भन्दै बिरोध समेत भयो ।