2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र करमा छुट

असार ९, गलकोट। बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जन गर्ने देखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ ।  नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋणसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८मा कोरोना भाइरसको नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गर्ने, रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने योजना अगाडि सारेको छ । कोभिड १९–ले समस्यामा परेका व्यावसायीले नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यावसायिक करमा २५ प्रतिशत छुट दिइनेछ । यस्तै विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सिर्जना गरी आयस्तर वृद्धिका कार्यक्रम सञ्चालन गरिने, जोखिमपूर्र्णरुपमा काम गर्ने मजदूरका लागि जोखिम राहत कोषको व्यवस्था गरिने नगरपालिकाको कार्यक्रममा उल्लेख छ ।

नसर्ने रोगकाविरुद्ध जागरण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने, अति विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने, बागलुङका सबै भाषा, धर्म, संस्कृतिलाई संंरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गर्न नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।  

नगरपालिकाले भूमि बैंक स्थापना गरी विपन्न एवं रोजगार गुमेकालाई उत्पादन क्षेत्रमा लगाउने, बाँझो जग्गा राख्नेलाई थप कर लगाउने, नगरपालिकाको आर्थिक लगानीमा कृषि, तरकारी सङ्कलन तथा बिक्री केन्द्र (हाट बजार) व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरेको छ ।

शैक्षिक प्रशासनलाई सुदृढ गर्न नगर शिक्षा नियमावली जारी गरी शैक्षिक सुधार र गुणस्तर सुधार गर्ने, शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम लागू गर्ने, कोभिड १९–को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो, टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अगाडि बढाएको छ ।

कोरोना भाइरस रोकथाममा अधिकतम प्रयास गर्ने, कृषि पेशामा आवद्ध किसानको पहिचान गरी किसानलाई किसान परिचयपत्र वितरण गर्ने, पर्यटकीयस्थलको रुपमा विकास भएका गन्तव्यको विकास र प्रचारप्रसारमा आवश्यक पहल गर्ने, नगरपालिका कार्यलयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्पूर्ण निर्माणका कामलाई तीव्रता दिइने नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयोे । सहकारी शिक्षालाई प्रवद्र्धन गर्ने र एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउने बताइएको छ ।  नगरपालिकाले आगामी वर्ष कोरोनालाई मुख्य प्राथमिकतामा राखी करिब रु ९५ करोडको बजेट ल्याउन लागेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले