२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र करमा छुट

९ असार २०७७, मंगलवार ०९:५२

असार ९, गलकोट। बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जन गर्ने देखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ ।  नगरसभामा नगरप्रमुख जनकराज पौडेलले बस्ती–बस्तीमा मेयर कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिना धितो ऋणसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८मा कोरोना भाइरसको नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गर्ने, रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने योजना अगाडि सारेको छ । कोभिड १९–ले समस्यामा परेका व्यावसायीले नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यावसायिक करमा २५ प्रतिशत छुट दिइनेछ । यस्तै विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सिर्जना गरी आयस्तर वृद्धिका कार्यक्रम सञ्चालन गरिने, जोखिमपूर्र्णरुपमा काम गर्ने मजदूरका लागि जोखिम राहत कोषको व्यवस्था गरिने नगरपालिकाको कार्यक्रममा उल्लेख छ ।

नसर्ने रोगकाविरुद्ध जागरण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने, अति विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने, बागलुङका सबै भाषा, धर्म, संस्कृतिलाई संंरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गर्न नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।  

नगरपालिकाले भूमि बैंक स्थापना गरी विपन्न एवं रोजगार गुमेकालाई उत्पादन क्षेत्रमा लगाउने, बाँझो जग्गा राख्नेलाई थप कर लगाउने, नगरपालिकाको आर्थिक लगानीमा कृषि, तरकारी सङ्कलन तथा बिक्री केन्द्र (हाट बजार) व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरेको छ ।

शैक्षिक प्रशासनलाई सुदृढ गर्न नगर शिक्षा नियमावली जारी गरी शैक्षिक सुधार र गुणस्तर सुधार गर्ने, शैक्षिक पहुँच सुनिश्चितता, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम लागू गर्ने, कोभिड १९–को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो, टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अगाडि बढाएको छ ।

कोरोना भाइरस रोकथाममा अधिकतम प्रयास गर्ने, कृषि पेशामा आवद्ध किसानको पहिचान गरी किसानलाई किसान परिचयपत्र वितरण गर्ने, पर्यटकीयस्थलको रुपमा विकास भएका गन्तव्यको विकास र प्रचारप्रसारमा आवश्यक पहल गर्ने, नगरपालिका कार्यलयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तथा सम्पूर्ण निर्माणका कामलाई तीव्रता दिइने नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयोे । सहकारी शिक्षालाई प्रवद्र्धन गर्ने र एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउने बताइएको छ ।  नगरपालिकाले आगामी वर्ष कोरोनालाई मुख्य प्राथमिकतामा राखी करिब रु ९५ करोडको बजेट ल्याउन लागेको नगरपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य