२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ताको निति तथा कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता

२०७७, १० असार बुधबार ०२:५७

श्याम थापा | असार १०, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ ।

मंगलबारको दिन भएको सुस्ता गाउँपालिकाको सातौ गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कोभिड १९ कोरोना भाइरसको महामारीबाट प्रभावित युवाहरुलाई लक्षित गरि कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकताको साथ बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छ्न ।


सभाका अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता राखी विभिन्न क्षेत्रलाई समाबेश गरि ल्याएको बार्षिक निति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै क्लिन र हरित गाउँपालिका,भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रती जवाफदेहि गाउँपालिका प्रशासन,स्वच्छ सुन्दर,समृद्व सुस्ता सुखी सुस्ताबासीको अभियानको साथ गाउँपालिका अघि बढेको अध्यक्ष पाण्डेयले बताएका छन् ।

गाउँपालिका अध्यक्ष पाण्डेयले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रममा भौतिक पुर्वधार बिकास तर्फ सडक,सिचाइ,शितभण्डार,गाउँपालिका स्तरीय गौरव कार्यक्रम,सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता क्षेत्रमा रहेका धार्मिक,सास्कृतिक,प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऎतिहासिक धार्मिक स्थल चुहाडी अनुमाघाट,मदारबाबा क्षेत्र र बहुउद्देश्यीय पोखरी निर्माण सहित मनोरञ्जन स्थानको निर्माण लगायतका क्षेत्रमा रहेको छ । शिक्षा तथा खेलकुद तर्फ आवश्यकता अनुसार सामुदायिक बिधालय स्थापना,निशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी,खेलाडी उत्पादन र सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता लगायतका क्षेत्रमा समावेश गरिएको छ । 


त्यसैगरी आधारभुत स्वास्थ्य र सरसफाइ तर्फ स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लेङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले ल्याएको सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले बताए ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रम सातौं गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो