Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ता गाउँपालिकाको कुल बजेट ६० करोड ९३ लाख

२०७७, ११ असार बिहीबार ०२:२०

श्याम थापा | असार ११, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ का लागि कुल ६० करोड ९३ लाख ७६ हजार बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको सातौ गाउँ सभामा आर्थिक बर्ष ०७७/०७८ को लागि कुल बजेट ६० करोड ९३ लाख ७६ हजार बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले प्रशासनिक खर्च तर्फ करोड ५ करोड २५ लाख र चालु तथा पुजीगत खर्च तर्फ ५० करोड ४३ लाख ७६ हजार बराबरको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

उपाध्यक्ष थरुनीले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले आन्तरिक श्रोतबाट ६५ लाख ३८ हजार र बाह्य तर्फ ६० करोड २८ लाख ३८ हजार रूपमा आम्दानी गर्ने अनुमान गरेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिनु भयो ।

गाउँपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ३ करोड २ लाख ५० हजार बिनियोजन गरेको छ । जस अन्तर्गत आर्थिक बिकास तर्फ ३ करोड २ लाख ५० हजार,शिक्षा विकास तफ १ करोड २७ लाख ३० हजार, स्वास्थ्य तर्फ ४८ लाख ८५ हजार रुपैया छुट्टाएको छ । त्यस्तै कृषि विकासका लागि १ करोड ५६ लाख ५० हजार, पशु सेवा कार्यक्रम तर्फ ४७ लाख ५० हजार र पर्यटन तर्फ ३० लाख र सहकारी तथा उद्योग बाणिज्य तर्फ १९ लाख ५० हजार छुट्टाएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनु भयो ।

त्यसैगरि पुर्वाधार बिकास तर्फ २१ करोड १ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा ७७ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ १ करोड ८२ लाख २१ हजार रुपैया बिनियिजन गरिएको छ । गाउँपालिकाको सातौ गाउँ सभा योजना तथा प्रशासन शाखा अधिकृत बिष्णु प्रसाद ढकालले संचालन गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै