२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’

११ असार २०७७, बिहीबार ०५:३७

असार ११, काठमाडौँ। कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ । ‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाजवाद– ७ दिन, इतिहास– ४ दिन, विज्ञान–प्रविधि– २ दिन, समाजवादी पठन संस्कृति– १ दिन, परीक्षा, कार्यक्रम र समीक्षा– ६ दिन गरी हालसम्म ३५ दिन सञ्चालन भएको छ । 

प्रालिका अध्यक्ष एवं प्रशिक्षक मनहरि तिमिल्सनाका अनुसार पहिलो र दोस्रो चरणमा गरी एक हजार ६०० ले सहभागी हुन चाहेकामा २५० लाई छनोट गरी दैनिक तीन घण्टासम्म कक्षा सञ्चालन भएको छ । ती कार्यक्रममा गोपीरमण उपाध्याय, रामराज रेग्मी, डा विजयकुमार पौडेल, डा.दिनेशचन्द्र देवकोटा, रामद्वीप आचार्य, लेखनाथ न्यौपाने, डा विष्णु धिताल, प्रा डा शोभाकान्त लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो । 

पहिलो र दोस्रो चरणको समापनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासहित वैचारिक विषयमा दख्खल राख्ने वक्तालाई पनि आमन्त्रण गरिएको थियो । दोस्रो चरणको प्रशिक्षणको समापनमा यही असार ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ ले भर्चुअल मन्तव्य दिँदै विचारधात्मक बहस र अनुसन्धानको खडेरी परेको तथा उपभोक्तावदी आत्मकेन्द्रित प्रवृत्ति हावी भएको समयमा यस्ता कार्यक्रमले आदर्श र जनताप्रतिको दायित्वलाई जागृत गर्न योगदान मिल्ने बताउनुभएको थियो । 

प्रशिक्षणका क्रममा १८ बुँदे आचारसंहिता जारी भएको, दुवै चरणमा परीक्षा लिइएको र तेस्रो चरणमा ४२ जना सहभागी गराई प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन हुन थालेको तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले नेकपाको केन्द्रीय स्कूल विभागलाई सक्रिय तुल्याउन सकारात्मक दबाब दिँदै नयाँ पुस्तालाई माक्र्सवादी विज्ञानसँग जोड्न लागि कार्यक्रम सञ्चालन गरिएको जनाउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान