2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’

असार ११, काठमाडौँ। कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ । ‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाजवाद– ७ दिन, इतिहास– ४ दिन, विज्ञान–प्रविधि– २ दिन, समाजवादी पठन संस्कृति– १ दिन, परीक्षा, कार्यक्रम र समीक्षा– ६ दिन गरी हालसम्म ३५ दिन सञ्चालन भएको छ । 

प्रालिका अध्यक्ष एवं प्रशिक्षक मनहरि तिमिल्सनाका अनुसार पहिलो र दोस्रो चरणमा गरी एक हजार ६०० ले सहभागी हुन चाहेकामा २५० लाई छनोट गरी दैनिक तीन घण्टासम्म कक्षा सञ्चालन भएको छ । ती कार्यक्रममा गोपीरमण उपाध्याय, रामराज रेग्मी, डा विजयकुमार पौडेल, डा.दिनेशचन्द्र देवकोटा, रामद्वीप आचार्य, लेखनाथ न्यौपाने, डा विष्णु धिताल, प्रा डा शोभाकान्त लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो । 

पहिलो र दोस्रो चरणको समापनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासहित वैचारिक विषयमा दख्खल राख्ने वक्तालाई पनि आमन्त्रण गरिएको थियो । दोस्रो चरणको प्रशिक्षणको समापनमा यही असार ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ ले भर्चुअल मन्तव्य दिँदै विचारधात्मक बहस र अनुसन्धानको खडेरी परेको तथा उपभोक्तावदी आत्मकेन्द्रित प्रवृत्ति हावी भएको समयमा यस्ता कार्यक्रमले आदर्श र जनताप्रतिको दायित्वलाई जागृत गर्न योगदान मिल्ने बताउनुभएको थियो । 

प्रशिक्षणका क्रममा १८ बुँदे आचारसंहिता जारी भएको, दुवै चरणमा परीक्षा लिइएको र तेस्रो चरणमा ४२ जना सहभागी गराई प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन हुन थालेको तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले नेकपाको केन्द्रीय स्कूल विभागलाई सक्रिय तुल्याउन सकारात्मक दबाब दिँदै नयाँ पुस्तालाई माक्र्सवादी विज्ञानसँग जोड्न लागि कार्यक्रम सञ्चालन गरिएको जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई