साउन ८,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, 

2026-09-08 09:40 AM
काठमाडौँ - KTM

भिटोफ नेपालमा चुनावी रन्को, उम्मेद्वारको आकांक्षी बढ्दै


साउन ८, काठमाडौ | गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) लाई चुनावी माहोलले तताएको छ । यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरु बढेका छन् । 

हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थापा, ध्रुव सिंखडा र कमल सापकोटा छन् । त्यस्तै, उपाध्यक्षमा हालसम्म कसैको नाम परेको छैन । 

यो पदमा सर्वसम्मति हुने सम्भावना बताइएको छ । महासचिवमा उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कोषाध्यक्ष दीपक खनाल, वर्तमान सचिव बासु पाण्डे र गगनराज न्यौपाने छन् । अरु पदका लागि समेत प्रतिस्पर्धा तीव्र रहेको वर्तमान अध्यक्ष चित्रबहादुर गुरुङले बताए । भिटोफले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने पहलसमेत गर्ने जनाएको छ । हालसम्म अध्यक्ष पदका लागि चारजनाको नाम आएपनि वर्तमान महासचिव राजकुमार थापा भने बलिया उम्मेदवारका रुपमा देखिएका छन् । 


‘जय पर्यटन, जय भिटोफ’को नारा लिएर चुनावी मैदानमा ओर्लिएका थापासँग लामो समयको अनुभव समेत रहेको छ । आफू गाउँ पर्यटन विकासको लागि सदैव लागि परेको भन्दै थापाले स्थानीय जनताको हौसला र समर्थन प्राप्त भएकै कारण अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । 

महासचिवमा भने वर्तमान कोषाध्यक्ष दीपक खनाल बलिया उम्मेदवारका रुपमा देखिएका छन् । महासचिवका आकांक्षीहरु तिनै जनाले आफुहरु महासचिव पदको लागि सक्षम रहेको बताएका छन् । साथै उनिहरुले आफु महासचिव भएमा मञ्चलाई शसक्त रुपमा अगाडि लैजाने दाबी समेत गरेका छन् । २० औं बार्षिक साधरणसभासँगै हुन गइरहेको निर्वाचनमा सबै पदका लागि आकांक्षीहरु भने बढ्दै गइरहेका छन् । गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) २०५४ सालमा स्थापना भएको पर्यटन व्यवसायीहरुको संस्था हो । 

भिटोफले गाउँमा देखिएका सम्भावित पर्यटकीय आकर्षणहरुलाई प्रर्बद्धन गर्ने गर्छ । भिटोफको साउन १६ गते हुने चुनावले नयाँ कार्यसमिति चयन गर्नेछ । अन्तिम उम्मेदवारी दर्ता भने साउन १५ गतेसम्म रहने महासचिवका उम्मेदवार गगनराज न्यौपानेले जानकारी दिए । 

भिटोफमा पाँच सयभन्दा बढी सदस्य रहेका छन् । उनीहरु सबैले महाधिवेशनमा मतदान गर्नेछन् । पर्यटन व्यवसायीहरुको यस संस्थाको चुनावी निर्णयले राजनीतिक स्तरमा समेत ठूलै प्रभाव पार्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित