२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकाको आन्तरिक आम्दानी रु १० करोड

२०७७, १८ असार बिहीबार ०८:१२

असार १८, दमौली। तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कूल रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दां करीब रु छ करोड कम राजश्व सङ्कलन गरेको हो ।

जेठ मसान्तसम्म रु १० करोड १९ लाख २६ हजार ९८८ मात्रै राजश्व सङ्कलन भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कोरोना कहर र चैत दोस्रो सातादेखि बन्दाबन्दी भएपछि राजश्व सङ्कलन गर्ने लक्ष्य प्रभावित भएको न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले चालू आवका लागि रु १४ करोड ८५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरे पनि संशोधन गरेर रु १६ करोड ६ लाख ६९ हजार पु¥याएको थियो । स्थानीय करबाट रु आठ करोड ६३ लाख ३० हजार आम्दानी हुने अनुमान गरिएका  रु पाँच करोड दुई लाख ४० हजार ९०, शुल्कबाट रु एक करोड ८३ लाख ९० हजार आम्दानी हुने अनुमान गरिएकामा  रु एक करोड ६७ लाख सात हजार ५३१, दस्तुरबाट रु तीन करोड २८ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएका रु दुई करोड ९ लाख ३५ हजार ३१४, दण्ड जरिवानाबाट रु दुई लाख आम्दानी हुने अनुमान गरिएकामा रु एक लाख ८३ हजार ६८२ र अन्यबाट रु दुई करोड २८ लाख ९६ हजार आम्दानी हुने अनुमान गरिएका रु एक करोड ३८ लाख ६० हजार ३७० मात्रै आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

आगामी आवको लक्ष्य रु १६ करोड

नगरपालिकाले आगामी आव २०७७÷७८ का लागि रु १६ करोडको आन्तरिक आम्दानी लक्ष्य राखेको छ । नगरपालिकाका उपप्रमुख मीरा जोशीले नगर क्षेत्रभित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकतम परिचालन गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्शा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्डजरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशिनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले गत आव २०७५/७६ मा रु १४ करोड ४९ लाख ९३ हजार ७५ आन्तरिक आम्दानी गरेको छ । सोमध्ये स्थानीय करबाट रु आठ करोड ५० लाख २४ हजार १११, शुल्कबाट रु ५८ लाख ८३ हजार २९७, दस्तुरबाट रु दुई करोड ७९ लाख ३० हजार ७२९, दण्डजरिवानाबाट रु आठ लाख ९२ हजार ३८ र अन्यबाट रु दुई करोड ५२ लाख ६२ हजार ८९८ आम्दानी भएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा