२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकाको आन्तरिक आम्दानी रु १० करोड

१८ असार २०७७, बिहीबार ०८:१२

असार १८, दमौली। तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको छ । कूल रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको नगरपालिकाले गत जेठ मसान्तसम्म लक्ष्यभन्दां करीब रु छ करोड कम राजश्व सङ्कलन गरेको हो ।

जेठ मसान्तसम्म रु १० करोड १९ लाख २६ हजार ९८८ मात्रै राजश्व सङ्कलन भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कोरोना कहर र चैत दोस्रो सातादेखि बन्दाबन्दी भएपछि राजश्व सङ्कलन गर्ने लक्ष्य प्रभावित भएको न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले चालू आवका लागि रु १४ करोड ८५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरे पनि संशोधन गरेर रु १६ करोड ६ लाख ६९ हजार पु¥याएको थियो । स्थानीय करबाट रु आठ करोड ६३ लाख ३० हजार आम्दानी हुने अनुमान गरिएका  रु पाँच करोड दुई लाख ४० हजार ९०, शुल्कबाट रु एक करोड ८३ लाख ९० हजार आम्दानी हुने अनुमान गरिएकामा  रु एक करोड ६७ लाख सात हजार ५३१, दस्तुरबाट रु तीन करोड २८ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएका रु दुई करोड ९ लाख ३५ हजार ३१४, दण्ड जरिवानाबाट रु दुई लाख आम्दानी हुने अनुमान गरिएकामा रु एक लाख ८३ हजार ६८२ र अन्यबाट रु दुई करोड २८ लाख ९६ हजार आम्दानी हुने अनुमान गरिएका रु एक करोड ३८ लाख ६० हजार ३७० मात्रै आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

आगामी आवको लक्ष्य रु १६ करोड

नगरपालिकाले आगामी आव २०७७÷७८ का लागि रु १६ करोडको आन्तरिक आम्दानी लक्ष्य राखेको छ । नगरपालिकाका उपप्रमुख मीरा जोशीले नगर क्षेत्रभित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकतम परिचालन गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्शा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्डजरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशिनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले गत आव २०७५/७६ मा रु १४ करोड ४९ लाख ९३ हजार ७५ आन्तरिक आम्दानी गरेको छ । सोमध्ये स्थानीय करबाट रु आठ करोड ५० लाख २४ हजार १११, शुल्कबाट रु ५८ लाख ८३ हजार २९७, दस्तुरबाट रु दुई करोड ७९ लाख ३० हजार ७२९, दण्डजरिवानाबाट रु आठ लाख ९२ हजार ३८ र अन्यबाट रु दुई करोड ५२ लाख ६२ हजार ८९८ आम्दानी भएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो