पढ्न करिब 1 मिनेट लाग्छ

असार २१, काठमाडौँ | सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण जोखिमका कारण सरकारले कक्षा ११ को परीक्षा पनि नगर्ने निर्णय गरेको हो ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्यविधि भने राष्ट्रिय परीक्षा बोर्डले जारी गर्ने स्पष्ट पारेको छ । सो कार्यविधिका आधारमा विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए । कक्षा १२ को परीक्षा भने बोर्डले नै संचालन गर्ने महानिर्देशक दाहालले बताए ।

११ को परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेको थिएन । सरकारले यसअघि नै एसईई नगर्ने निर्णय गर्दै आन्तरिक मुल्याङ्कनका आधारमा नजिता सार्वजनिक गर्ने भएको थियो । त्यसका लागि विद्यालयले कक्षा १० का विद्यार्थीले प्राप्त गरेको अंक सम्बन्धित जिल्ला समन्वय इकाईलाई बुझाईसकेका छन् ।

ईकाइलाई विद्यालयले विद्यार्थीको विवरण बुझाउने मिति हिजो सकिएको हो । सो विवरण आगामी ३० गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन राष्ट्रिय परीक्षा बोर्डले ईकाईलाई पत्राचार गरिसकेको छ ।