२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

२१ असार २०७७, आईतवार ०६:३२

असार २१, काठमाडौँ | सरकारले कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण जोखिमका कारण सरकारले कक्षा ११ को परीक्षा पनि नगर्ने निर्णय गरेको हो ।


राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले विद्यार्थीको अन्तिम मुल्यांकन विद्यालयलाई गर्न दिने निर्णय गर्दै त्यसका लागि कार्यविधि भने राष्ट्रिय परीक्षा बोर्डले जारी गर्ने स्पष्ट पारेको छ । सो कार्यविधिका आधारमा विद्यालयले विद्यार्थीको मुल्यांकन गरी अंक प्रदान गर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए । कक्षा १२ को परीक्षा भने बोर्डले नै संचालन गर्ने महानिर्देशक दाहालले बताए । 

११ को परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेको थिएन । सरकारले यसअघि नै एसईई नगर्ने निर्णय गर्दै आन्तरिक मुल्याङ्कनका आधारमा नजिता सार्वजनिक गर्ने भएको थियो । त्यसका लागि विद्यालयले कक्षा १० का विद्यार्थीले प्राप्त गरेको अंक सम्बन्धित जिल्ला समन्वय इकाईलाई बुझाईसकेका छन् । 

ईकाइलाई विद्यालयले विद्यार्थीको विवरण बुझाउने मिति हिजो सकिएको हो । सो विवरण आगामी ३० गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन राष्ट्रिय परीक्षा बोर्डले ईकाईलाई पत्राचार गरिसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता