Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मुहार फेर्दै जनप्रशासन क्याम्पस, डिल्लीबजारमा भाडाको घरदेखि बल्खुमा सुविधा सम्पन्न भवनसम्म

By साझासवाल 13 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली।असार २१, काठमाडौँ । मुलुकको सबैभन्दा जेठो विश्वविद्यालय,  त्रिभुवन विश्वविद्यालय (त्रिवि) । त्रिवि विश्वविद्यालयको आंगिक क्याम्पस मध्ये एक हो, जनप्रशासन क्याम्पस । जहाँ जनप्रशासन विषय पढाई हुने गरेको छ । हरेक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नेपालमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । त्यसमध्ये व्यवस्थापन सङ्काय अन्तर्गत पढाई हुने विषय हो, जनप्रशासन

प्रशासन क्षेत्रको लागि आवश्यक पर्ने जनशक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वि.सं २०३१ सालदेखि नेपालमा जनप्रशासन विषयको अध्यापन सुरु भएको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्थापित जनप्रशासन क्याम्पसमा पहिले डिपिए (डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन) को अध्यापन हुने गर्दथ्यो । जुनसुकै विषयमा आईए उत्तीर्ण गरेकाले डिपिएमा भर्ना हुन पाउँथे । डिपिएको शैक्षिक कार्यक्रमलाई २०३६ सालमा बन्द गरेर एमपिए (मास्टर इन पब्लिक एड्मिनिस्ट्रेसन) को अध्यापन प्रारम्भ गरिएको हो ।

२०३१ सालमा डिल्लीबजारबाट अध्यापन सुरु गरेको जनप्रशासन क्याम्पस शुरुमा डिल्लीबजार, त्रिपुरेश्वर, जमल हुँदै हाल बल्खुस्थित चक्रपथसँग जोडिएको १५ रोपनी जग्गासहित आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ ।

स्नातक देखि एमफिलसम्म

जनप्रशासन क्याम्पसमा स्नातकदेखि एमफिलसम्मको पढाई हुँदै आएको छ । स्नातकमा बिपिएको ४ वर्षे ८ सेमेस्टरमा पढाई हुन्छ । विपिए पढ्नका लागि जुनसुकै विषयमा दश जोड दुई सकेकाले प्रवेश परीक्षा दिन पाउँछन् ।

स्नाकोत्तर तर्फ एमपिएको २ वर्षे ४ सेमेष्टरको पढाई हुने गरेको छ । बिहान १ सय २० र बेलुकी ६० जनाको कोटा रहेको एमपिएका कक्षा विहानी सत्र र बेलुकी पढाई हुने गरेको छ । एमपिएको लागि पनि जुनसुकै विषयमा स्नातक गरेकाले प्रवेश परीक्षा दिन पाउँछन् ।

३ सेमेष्टर १८ महिना पढाई हुने एमफिलमा ३० जना कोटा रहेको छ । एमफिलको कक्षा सातामा ३ दिन बेलुकीमा पढाई हुने गरेको छ । नियमित कक्षाका अलावा हरेक साता विषय विज्ञबाट छुट्टै कक्षाको व्यवस्था गरी विद्यार्थीलाई अध्ययनमा सहयोगी हुने वातावरण बनाइएको क्याम्पस प्रमुख हरिभक्त शाही बताउँछन् । कोरोना महामारीका कारण शैक्षिक संस्था बन्द हुँदा अध्ययन अध्यापन ठप्प भएको बेला पनि विपिए, एमपिएका कक्षाहरु अनलाइनमार्फत सुचारु गरिएको साथै मास्टर सकेकाहरुको लागि थेसिस लेखनका लागि सहयोगी कक्षा सञ्चालन गरिएको क्याम्पस प्रमुख शाहीले बताए ।

प्रशासक बन्न जनप्रशासन पढाई

जनप्रशासन क्याम्पसमा विशेष गरी सरकारी सेवामा प्रवेश गर्न चाहने तथा सरकारी सेवामा रहेका अध्ययन गर्न आउने गरेको क्याम्पसका प्रशासन प्रमुख दिपक केसी बताउँछन् । जनप्रशासनमा स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थी प्रायः प्रशासनिक क्षेत्रमा काम गरिरहेका नै छन्, जसमा खरिदारदेखि उपसचिवसम्मका कर्मचारी पर्छन् । यसका अलावा विभिन्न सरकारी सेवामा प्रवेश गर्न चाहने तथा निजी क्षेत्रमा प्रशासनिक जिम्मेवारी लिएका व्यक्तिहरु पनि जनप्रशासन अध्ययन गर्न आउने गरेको क्याम्पसले जनाएको छ ।

सरकारी सेवा प्रवेश गरिसकेका जनप्रशासनको अध्ययन गर्दा बढुवामा सजिलो पर्ने र सम्बन्धित विषयको ज्ञान, दक्षता एवम् सीप हासिल हुने हुनाले पनि कर्मचारीको आर्कषण बढेको पाइन्छ । विपिए र एमपिए अध्ययन गर्दा लोकसेवा आयोगले लिने निजामती सेवा साथै सुरक्षा निकाय तथा संगठित संस्थाका विभिन्न तहका परीक्षालाई सहयोगी हुने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको बताइन्छ ।

आफ्नै सुविधा सम्पन्न भवन

२०७२ साल अगाडि भाडाको घरमा बस्दै आएको क्याम्पस २०७२ सालको भूकम्प पश्चात बल्खुमा आफ्नै भवनमा सरेको थियो । त्यसबेला एकै भवनमा प्रशासनिक र अध्ययन/अध्यापन गर्ने व्यवस्था रहेकोमा हाल भने छुट्टाछुट्टै भवन रहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगको ६७ प्रतिशत र क्याम्पसको ३३ प्रतिशत रकमबाट नयाँ प्रशासनिक भवन निर्माण गरिएको क्याम्पसका प्रशासन प्रमुख दीपक केशीले जानकारी दिए । २९ कोठा रहेको प्रशासनिक भवन किँरातेश्वर पचली भैरव जेवीले कुल रु ५ करोड ४ लाख ४४ हजार ७२५ मा ठेक्का पाई निर्माण सम्पन्न गरेको केशीले बताए ।

भवन निर्माण चरणमा विभिन्न आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत क्याम्पस प्रमुखको नाममा मुद्दा परेको जसका कारण विभिन्न अवरोध झेल्नुपरेको क्याम्पस प्रमुख हरिभक्त शाही बताए । उक्त उजुरीको छानबिन गरि मुद्दा तामेलीमा राख्ने निर्णय गरेपश्चात काम गर्न सहज भएको शाहीले बताए ।

२०७५ मङ्सिर २८ गते अख्तियारको उक्त पत्रपश्चात पनि विभिन्न विरोधका बावजुत नयाँ भवन निर्माण कार्य सम्पन्न गर्न सफल भएको शाहीको भनाई छ । हाल नयाँ भवनमा जनप्रशासन विभागका साथै ‘जेण्डर स्टडीज’केन्द्रीय विभागको कार्यालय रहेको छ ।

विवादमा ल्याइयो तरपनि काम गरिरहेँः क्याम्पस/विभाग प्रमुख, शाही

हरिभक्त शाही जनप्रशासन क्याम्पस प्रमुख मात्र छैनन् उनी जनप्रशासन विभाग प्रमुख पनि हुन् । त्रिविले विभागीय प्रमुखको जिम्मेवारी दिँदा होस् या क्याम्पसको नयाँ भवन निर्माण गर्दा विरोधका विभिन्न स्वरुपको सामना गर्नुपरेको उनी बताउँछन् ।

क्याम्पस प्रमुखको ४ वर्षे कार्यकाल सकिन ४ महिना बाँकी छ । शाहीले भने, 'क्याम्पस प्रमुख हुँदा नै मैले नयाँ भवन निर्माण गर्छु भन्ने अठोट लिएको थिए, त्यो आज पूरा भएको छ, आफ्नै पालामा सुविधासम्पन्न भवन बनाउन सफल भएकाले हाल प्रशासनिक र अध्ययन/अध्यापन गराउने शैक्षिक भवन छुट्टाछुट्टै रुपमा संचालन गर्न पाएका छौं ।'

दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह गर्न समस्या भएपछि ‘टेवल वर्क’गर्ने ४ तथा ५ कार्यालय सहयोगीको परीक्षा लिई करारमा राख्ने प्रक्रिया अगाडि बढाएको तर विभिन्न समूहको विरोधका कारण अगाडि बढ्न नसकेको उनले बताए । आफ्नो कार्यकालमा काम नगर्ने शिक्षक तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याई सुधारको बाटोमा लैजान सफल भएको समेत शाहीले दाबी गरे ।

अध्ययनको लागि आवश्यक पाठ्यपुस्तक साथै अध्ययन सामग्रीका साथ सुविधासम्पन्न पुस्तकालयको व्यवस्था, साथै खेलकूदका लागि खेल मैदान निर्माण चरणमा रहेको शाहीले बताए ।

दरबन्दीअनुसार जनशक्ति नहुँदा तीन पदमा एकै व्यक्तिले काम गर्नुपरेको प्रशासन प्रमुख दीपक केशी बताउँछन् । चिकित्साशात्र अध्ययन संस्थान डिन कार्यालयबाट काजमा खटिएका केसी एक्लैले सामान्य प्रशासन, कर्मचारी प्रशासन र जनप्रशासन केन्द्रीय विभागको समेत कार्य जिम्मेवारी लिनुपरेको बताए । क्याम्पसमा २९ जनाको दरवन्दी भएपनि हाल १४ जना कर्मचारीबाट काम  गर्नुपरेको केशीले बताए ।