2026-10-26 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालमै कुहियो करोडौ मूल्यको यार्सागुम्वा

दान बहादुर बुढा | असार २२, मुगु | कोरोना भाईरस कोभिड १९ ले देश लकडाउन भएको हुँदा यो बर्ष मुगु जिल्लाको हिमालमा (पाटनमा) पाईने करोडौ मूल्यको जडिबुटी यार्सागुम्वा कुहिएको छ ।

मुगुमकार्मारोग गाउपालिकाका सानाकोखि , ठुलाकोखि , रिमाड , टाके , हङ्गादङ खोला , लगायत दजनौ हिमाल तथा पाटनहरुमा जेठ,असार, महिनामा पाईने बहुमुल्य जडिबुटि सोही पाटनहरुमा कुहिएका छन् । 

देश पूर्णरुपमा लकडाउन भएको बेला मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिकाले आफ्नो  हिमालमा पाटन क्षेत्रमा  पाईने बहुमूल्य यार्सागुम्वा कोरोना रोकथाम तथा नियन्त्रर्णको लागी यार्सासंकलनमा रोक लगाउदा यो बर्षमा पाईर्ने करोडौ मुल्यको यार्सागुम्बा पाटनमा नै कुहिएको मुगमकामारोङ्ग  गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताएका छन ।

शाहका अनुसार बिगतका बर्षहरुमा यार्सागुम्बा संकलकहरुको प्रबेश शुल्कबाट  गाँउ पालिकाको राजश्व मुख्य स्रोत हुन्थो गर्त बर्ष एक करोड राजश्व उठेको थियो यो बर्ष महामारि कोरोनाको कारण यार्सागुम्बा संकलनको लागी रोकलगाउदा यार्साबाट राजश्व शुन्य उठेको बताएका छन ।

मुगमकामारोङ्ग गाँउपालिकामा रहेको मुगु,डोल्फु,चितै,माग्री,पुलु,क्रिमी,रिउस,दाउरा, महा लगाएत दर्जनै बस्तीका मानिसहरुको जिवन निबाहको मूख्य स्रोत यार्सागुम्बा हो यो बर्ष कोरोना भाईरस कोभिड १९ले यार्सा संकलनको लागी बन्द हुदा यहाँका मानिसलाई जिवन निबाहकोलाई केही समस्या आउन्छकी भन्ने चिन्ता लागेको मुगुमकामारोङ्ग गाँउपालिका बडा नम्बर १ का वडा अध्क्षय सोनाम आङ्गतिज तामाङ्गले बताएका छन ।  

मुगुका स्थानीय बासीको रोजिरोटि गुम्यो  

बहुमुल्य जडिबुटि यार्सा संकलन गरि विगतका वर्षहरु बाट जिवन निर्वाह गरि रहेका मुगालीहरु यब वर्ष भने उनीहरुको विहान बेलुका के खाउ भन्ने चिँतामा पिरोलिएका छन् । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ ले गर्दा विश्वनै आक्रान्त भएको अवस्थामा यस गाउपालिकाले यार्सा गुम्वा संकलनमा रोक लगाउदा हामि मुगालीहरुको रोजि रोटि गर्न गाह्रो परेको मुगुमकार्मारोग गाउपालिका वडा नं २ का स्थानीय कार्मा लामाले बताए । उनका अनुसार विगतका वर्षहरुमा विकासका योजनाहरु न्युन भएको र आफ्नो गाउ देखि वाहिरी जिल्लामा गएर व्यापार व्यवसाय गर्न पनि नमिल्ने भएको हुदा रोगले भन्दा भोगले ज्यान जाने ठुलो चिन्ता लागेको लामाले जानकारी दिए । 

यसै बिच कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने अर्गाानिक कृषि बाली नालिहरु पनि उत्पादनमा कमि हुने जिल्ला हुन । यस हिमाली जिल्लाका मुख्य आम्दानिको श्रोत नै कृषि जडिबुटि हो । कोभिड १९ ले गर्दा कर्णालीका हिमाली जिल्लामा पाईने यार्सागुम्वा लगायत अन्य जडिबुटि संकलनमा विगतका वर्षहरु भन्दा पनि यो वर्ष कम भएको हुदा जिल्लामा पनि राजस्व न्युन उठेको डिभिजन वन कार्याल मुगुका वन अधिकृत भरत बहादुर बुढ्थापाले जानकारी गराउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने