२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवाला एकमत

२०७७, २४ असार बुधबार ०८:४८

असार २४, दमौली । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाले एकमत जनाएका छन् । जग्गा अभावमा लामो समयदेखि स्तरोन्नति हुन नसकेको अस्पताललाई जग्गा प्राप्ति गर्ने अभियानमा सबैले साथ र सहयोग दिने प्रतिवद्धता जनाएका हुन् ।

दमौली अस्पताल व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको छलफल तथा अन्तक्र्रियामा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अस्पताल नजिकैका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको जग्गा अस्पताल मातहत ल्याउन सके स्तरोन्नतिमा कुनै समस्या नरहेको बताउनुभयो । “अस्पताल, कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल प्रदेश सरकार मातहतकै कार्यालय हुन्, प्रदेश सरकारले निर्णय गरिदिए जग्गा प्राप्त गर्न कठिन छैन,” उहाँले भन्नुभयो, “अस्पताल व्यवस्थापन समिति यसतर्फ गम्भीर भएर लागोस् ।”

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दमौली अस्पतालको स्तरोन्नतिका लागि नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । “सबैको सहयोग भयो भने अस्पतालको स्तरोन्नतिमा कुनै समस्या छैन, नगरपालिका सदैव अस्पताल स्तरोन्नतिका पक्षमा छ,” न्यौपानेले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विकासको काममा सरकारी जग्गाको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कृषि, पशु कार्यालयको वैकल्पिक व्यवस्थापन गरेर अस्पतालले त्यसको जग्गा प्रयोग गर्न सुझाव दिनुभयो । व्यास नगरपालिका–३ का वडासदस्य रवीन पौडेलले अहिले भइरहकै ठाउँबाट अस्पतालको सेवा वृद्धि गर्न सकिने भएकाले त्यसतर्फ सोच्नुपर्नेमा जोड दिँदै जग्गा अभावलाई देखाएर अस्पतालको स्तरोन्नति रोकिनु दुःखद भएको बताउनुभयो । 

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालसँग जोडिएका कृषि, पशु र प्रहरी उपरीक्षकको निवासको जग्गा अस्पताललाई प्राप्त गराउन विगतमा पनि निर्णय भएपनि ठोस् प्रक्रिया पूरा हुन नसकेको बताउनुभयो । पन्ध्र श्ययाको दमौली अस्पताल मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको पचास श्ययाको अस्पताल बनाउन कम्तीमा ३५ रोपनी जग्गा आवश्यकपर्ने देखिएको छ । अस्पताल स्तरोन्नतिका लागि आवश्यक प्रतिवेदन तयार गर्नका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको छ ।

पन्ध्र श्ययाको अस्पताल भए पनि हाल दमौली अस्पतालबाट ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेलका अनुसार भेन्टिलेटरसहित सघन कक्ष स्थापनाका लागि भेन्टिलेटर खरिद प्रक्रियामा रहेको छ । अस्पतालले आँखा, दाँत सेवा विस्तार, नकुहिने फोहर निर्मूलीकरणका लागि प्रक्रियासमेत शुरु गरिसकेको छ ।

डा पौडेलका अनुसार अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुनेछ । दमौली अस्पतालमा सरकारी तर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा