२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दीपुर गाउँपालिकाको बजेट पारित

२५ असार २०७७, बिहीबार ०४:५०

असार २५, दमौली। तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

गाउँसभाले पूँजीगततर्फ रु १४ करोड ५३ लाख ८२ हजार ४४०, सामाजिक सुरक्षाभत्तातर्फ रु नौ करोड, वित्तीय व्यवस्थापनतर्फ रु १६ लाख, चालू खर्चतर्फ पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ रु एक करोड १५ लाख, कर्मचारी पारिश्रमिक र अन्य प्रशासनिकतर्फ रु दुई करोड ७२ लाख, कार्यालय सञ्चालनतर्फ रु एक करोड ३३ लाख र विविध खर्चतर्फ रु एक करोड आठ लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।


गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट रु चार करोड तीन लाख ४५ हजार आम्दानी हुने लक्ष्य लिएको छ । उपाध्यक्ष गुरुङका अनुसार सम्पत्ति करबाट रु ३५ लाख ४६ हजार, घरबहाल करबाट रु १५ लाख, बहाल बिटौरी करबाट रु २० लाख, व्यवसाय करबाट रु १३ लाख २५ हजार, सेवा शुल्कबाट रु १६ लाख ९४ हजार, घरनक्सा दस्तुरबाट रु आठ लाख ४६ हजार, नाता प्रमाणितबाट रु एक लाख आठ हजार र  ढुङ्गागिट्टीबाट रु ३० लाख आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ । 

त्यस्तै सङ्घीय सरकार वित्तीय समानीकरणवापत रु नौ करोड चार लाख, राजश्व बाँडफाँडबाट रु छ करोड, सशर्त अनुदानबाट रु १७ करोड चार लाख, विशेष अनुदानबाट रु चार करोड ७५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरणवापत रु एक करोड १९ लाख र राजश्व बाँडफाँडबाट रु ६९ लाख ६६ हजार आम्दानी हुने लक्ष्य गाउँपालिकाले लिएको छ । 

‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’ लाई मुख्य नारा बनाएर गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ प्रमुखसँग रोजगार कार्यक्रम, बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुलो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत आगामी वर्षको कार्यक्रममा समेटिएको थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो