२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं. १ सरकारबाट ९८ जना खेलाडी पुरस्कृत

३१ असार २०७७, बुधबार १४:२१

असार ३१, विराटनगर । प्रदेश नं.१ सरकारले दक्षिण एशियाली खेलकुदमा यस प्रदेशका विजेता खेलाडीहरुलाई आज सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ । 

तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

सम्मान तथा पुरस्कार प्राप्त गर्नेमा एकलतर्फ स्वर्ण पदक पाउने छ जनालाई जनही रु तीन लाख, रजत पदक पाउने चार जनालाई जनही रु दुई लाख र कास्य पदक पाउने १० जनालाई जनही रु एक लाख रहेका छन् । यसैगरी टीमतर्फ स्वर्ण पदक पाउने १५ जना, रजत पदक पाउने २२ जना र  कास्य पदक पाउने ४१ जना रहेका  छन् ।

स्वर्ण पदक प्राप्त गर्ने झापाका जुडो खेलाडी देविका खड्का, सुनसरीका तेक्वाण्डो खेलाडी सिना लिम्बु मादेन, मोरङका तेक्वाण्डो खेलाडी भुपेन श्रेष्ठ, उदयपुरका कराते खेलाडी अनुपमा मगर, इलामका उसु खेलाडी जुनी राई र सोलुखुम्बुका साइक्लिङ खेलाडी रावेश मगर छन् । 

रु तीन लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा स्वर्णपदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ७५ हजार ५००, रु दुई लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा रजत पदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ६० हजार तथा रु एक लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा कास्य पदक पाउने खेलाडीलाई बढीमा रु ५० हजार र कम्तीमा रु ४१ हजार नगद पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले जानकारी दिनुभयो । उहाँले विजेता ९८ जना खेलाडीमध्ये १० जना खेलाडी दोहिरिएका छन् भन्नुभयो । पुरस्कारमा कूल रु ८० लाख वितरण भएको बताइएको छ । 

मुख्यमन्त्री शेरधन राईले देशको प्रतिष्ठा बढाउने खेल र खेलाडीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीको समयमा खेलाडीले निश्चित अनुशासन एवं भौतिक दूरी कायम राख्नु सुझाव दिँदै खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट व्यावसायिक बन्न खेलाडीहरुलाई सुझाव दिँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन सरकारले काबुमा रहेका बजेटलाई सोही अनुसार खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र सोही अनुसार खेलकुद ऐन बनाएको चर्चा गर्दै प्रदेशको १३७ वटै स्थानीय तहमा खेलमैदान बनाउने बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा प्रदेशस्तरीय रङ्गशाला निर्माण गर्ने भन्दै मोरङको बैजनाथपुरमा रहेको खेल मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । 

पुरस्कृत खेलाडीहरुका तर्फबाट फुटबल खेलाडी सुजन श्रेष्ठ र टेक्वान्डो खेलाडी सीमा लिम्बुले खेललाई सर्वोपरी बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै खेलले राष्ट्रको गौरव र पहिचान बढाउने भएकाले यसको चौतर्फी विकासमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने