२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

३ श्रावण २०७७, शनिबार ०४:०२

साउन ३, काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । 

कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भन्नुभयो, “अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ ।” विद्यालय सञ्चालकले सरकारसँग वार्ता गर्नुभन्दा पनि अभिभावकसँग समाधानको लागि गम्भीर छलफल गर्नुपर्ने उहाँको भनाइ छ । 

अनेरास्ववियुका संयोजक ऐन महरले निजी विद्यालयले अहिले अनलाइन कक्षा बन्द गरेर उदासिनता देखाएको आरोप लगाउनुभयो । निजी विद्यालय सञ्चालकले राखेका कतिपय माग संवदेनशील रहेकाले समस्या समाधानका लागि राज्यले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको बताउँदै विद्यालयले अनलाइन कक्षा तत्काल सुचारु गर्नुपर्नेमा जोड दिनुभयो । 

प्याब्सनका महासचिव कुमार घिमिरेले आफूहरुले राज्यसँग सहुलियत मागे पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । एनप्याब्सनका महासचिव सुवास न्यौपानेले अनलाइन कक्षा बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गर्नुभयो । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय सञ्चालकले चैतभन्दा अगाडिदेखि नै शिक्षकलाई तलबभत्ता नदिएको आरोप लगाउनुभयो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता