Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर

२०७७, ३ श्रावण शनिबार ०५:४५

रमेश गिरी। साउन ३, भक्तपुर । केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे । मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि मन्दिर परिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने आँट गर्दैनथे । 

हिलाम्मे दलदल र फोहर बनेपछि स्थानीयमाथि डिलमै बसेर मन्दिरलाई नियाल्थे । कतिपयले डिलबाटै फोहर फाल्थे । दैनिक फोहर फाल्दा डम्पिङ साइटको रुपमा परिणत बन्दै गएको थियो कुमारी मन्दिर परिसर । हरेक वर्ष बिस्केट जात्राको अवसरमा वैशाख १ गते राति खट जात्रा गर्ने पर्ने र २ गते जिब्रो छेडेपछि दिउँसो कुमारी मन्दिर घुमाउनै पर्ने परम्पराबाहेक अरु बेलामा प्रायः मन्दिर जाने आउने नै रोकिन्थ्यो । 

वर्षौं देखि डम्पिङ साइट बन्दै आएको यही ऐतिहासिक कुमारी मन्दिर परिसर अहिले आकर्षक पर्यटकीय गन्यव्यको रुपमा परिणत भएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण अभियानमा कुमारी मन्दिर परिसरको दुर्दशा देखेपछि शुरु भएको संरक्षण अभियानले सार्थकता पाउँदा आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । 

नगरपालिकाको कूल रु एक करोड ६५ लाखको लागतमा कुमारी मन्दिर परिसर सुधार उपभोक्ता समितिले विभिन्न संरचना निर्माण तथा हराभरा बनेको हो । सुँगुर, हाँस कुखुरा पाल्नेको बस्ती सारिएको छ । मन्दिरबाट अलिक पर सार्वजनिक जग्गामा उनीहरुको बस्ती सारेर नगरपालिकाले मन्दिरको संरक्षण शुरु गरेको थियो । अहिले मन्दिरलाई रङरोगन गरेर चिटिक्क बनाइएको छ । मन्दिर परिसरमा आकर्षक पोखरी बनाइएको छ । भजन गाउने फल्चाअर्थात् आकर्षक पार्टी निर्माण गरिएको छ । सिँढी निर्माण गरिएको छ । दलदले हिलो भएको ठाउँमा माटो सम्याएर ढुङ्गा बिछ्याएको छ । 

करिब १० रोपनी क्षेत्रफलमा सीमाङ्कन गरेर वरिपरि डाँची अप्पाको इँटा प्रयोग गरी पर्खाल लगाएको छ । फल्चामा तेल्या इँटा प्रयोग गरेर कलात्मक र परम्परागत बनाएको छ । आकर्षक डबली पनि बनाएको छ । पहिरो जाने पाखामा ढुङ्गाको पर्खाल लगाएर पहिरो रोकिएको छ । फोहर फाल्ने भिरपाँखोलाई सफा गरी कार्पेट घाँस बिछ्याएको छ । दुबो रोपिएको छ । एकसाता यता यो दैनिक ५०० बढी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । 

मध्यपुरथिमिलाई जीवित सङ्ग्रहालय बनाउने अठोटका साथ नगरपालिका क्षेत्रभित्रका लोपोन्मुख सांस्कृतिक पर्व, परम्परा, नाच, बाजा, सम्पदा, मठमन्दिरको संरक्षणमा जुट्नु भएका नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “म सानो छँदा कहिलेकाहीँ खेल्न जाने ऐतिहासिक कुमारी मन्दिर परिसर जीर्ण बनेको देखेपछि मनले मानेन, त्यसै पनि सम्पदा संरक्षणको अभियान शुरु गरेकाले अर्को साल भन्न मन लागेन स्थानीयसँगको सुझावमा कुमारी मन्दिर क्षेत्रलाई नयाँ जीवन दिएका छौँ ।”

उहाँले मध्यपुरथिमि क्षेत्रमा जीर्ण बनेको मठ, मन्दिर, पोखरी, ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वारलाई तीव्रता दिने बताउनुभयो । उहाँले फोहर फाल्ने ठाउँमा परिणत भइसकेको यस क्षेत्रको संरक्षणले नगरवासीलाई सम्पदा संरक्षणमा थप जिम्मेवार बनाउने बताउनुभयो ।

केहीदिन अघि मात्रै भव्यरुपमा निगुः पुखु उद्घाटन गरेको नगरपालिकाले बोडेको कमल पोखरीको समेत संरक्षण शुरु गरेको छ । बोडेका स्थानीय दिलकृष्ण प्रजापतिले डम्पिङ साइटको रुपमा रिणत भएको कुमारी मन्दिर क्षेत्र हेर्दाहेर्दै सुन्दर, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा परिणत भएको बताउनुभयो । 

यसले सम्पदामा स्थानीयको माया हुनुपर्छ भन्ने सन्देश दिएको बताउँदै स्थानीयले चासो नदिँदा सम्पदा जीर्ण भन्ने भएकाले स्थानीयको चासो र नगरपालिकालाई जिम्मेवार बनाउन सके विकास टाढा नहुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू