२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाइयो

३ श्रावण २०७७, शनिबार १२:४३

सानेबहादुर नेपाली। साउन ३, तनहुँ । बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाएको  छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै अग्रिम खोप लगाउने अभियान थालिएको  गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलाश न्यौपानेले जानकारी दिनुभयो । 

त्यसैगरी गाउँपालिकाले तीन हजार पाँच सय गाईवस्तुमा खोरेत रोग विरुद्धको खोप तथा कुकुर र बिरालो गरी दुई सयलाई रेबिज विरुद्धको खोप लगाएको छ । गाउँपालिकाले दश वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो । स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुरपालनका लागि ५० प्रतिशत अनुदान रु ४० हजार सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उक्त अनुदान पाउनका लागि गाउँपालिकाले तोकेअनुरुप मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

वडाध्यक्षको भत्ता शैक्षिक संस्थालाई

बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले आफूले पाउँदै आएको भत्तामध्ये केही रकम यहाँको एक शैक्षिक संस्थालाई सहयोग गर्दै आउनुभएको छ । सोही वडास्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षिका रीता थापालाई तलब खुवाउन वार्षिक रुपमा सहयोग गर्दै आउनुभएको हो ।सीमान्तकृत चेपाङ, भुजेलका बालबालिका अध्ययनरत उक्त विद्यालयको कुनै पनि आयस्रोत नभएपछि शिक्षक राख्न नसक्दा पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले जानकारी दिनुभयो । उहाँले निजी स्रोतका शिक्षकलाई वार्षिक रु ७८ हजार उपलब्ध गराउँदै आएपछि पठनपाठनमा सहज भएको उहाँले बताउनुभयो ।

गत वर्षदेखि सहयोग गर्न सुरुआत गर्नुभएका अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालभरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा एक शिक्षिका थप गरिएपछि शैक्षिक गुणस्तरमा वृद्धि हँुदै गएको छ । विद्यालयको आफ्नो जग्गा नहुँदा ओइलेनी जग्गामा उक्त विद्यालय सञ्चालन गरिँदै आएको बताइएको छ । विद्यालयको आफ्नो जग्गा नभएपछि स्थानीय समाजसेवी बाबुराम घिमिरेले चार आना जग्गा दान गरेपछि उक्त जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरिएको विद्यालयका पिटिए अध्यक्ष सुदीप पोख्रेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो