2026-09-13 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाइयो

सानेबहादुर नेपाली। साउन ३, तनहुँ । बन्दिपुर गाउँपालिकाले दश हजार बाख्रालाई ‘पिपिआर खोप’लगाएको  छ । गाउँपालिकाभित्र रहेका छवटै वडाका टोलटोलमा प्राविधिक पुगी बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाएका हुन् । सो रोग लागेपछि बाख्रालाई बचाउन नसकिने हुँदा रोग लाग्नु अगावै अग्रिम खोप लगाउने अभियान थालिएको  गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलाश न्यौपानेले जानकारी दिनुभयो । 

त्यसैगरी गाउँपालिकाले तीन हजार पाँच सय गाईवस्तुमा खोरेत रोग विरुद्धको खोप तथा कुकुर र बिरालो गरी दुई सयलाई रेबिज विरुद्धको खोप लगाएको छ । गाउँपालिकाले दश वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो । स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुरपालनका लागि ५० प्रतिशत अनुदान रु ४० हजार सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उक्त अनुदान पाउनका लागि गाउँपालिकाले तोकेअनुरुप मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

वडाध्यक्षको भत्ता शैक्षिक संस्थालाई

बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले आफूले पाउँदै आएको भत्तामध्ये केही रकम यहाँको एक शैक्षिक संस्थालाई सहयोग गर्दै आउनुभएको छ । सोही वडास्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षिका रीता थापालाई तलब खुवाउन वार्षिक रुपमा सहयोग गर्दै आउनुभएको हो ।सीमान्तकृत चेपाङ, भुजेलका बालबालिका अध्ययनरत उक्त विद्यालयको कुनै पनि आयस्रोत नभएपछि शिक्षक राख्न नसक्दा पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले जानकारी दिनुभयो । उहाँले निजी स्रोतका शिक्षकलाई वार्षिक रु ७८ हजार उपलब्ध गराउँदै आएपछि पठनपाठनमा सहज भएको उहाँले बताउनुभयो ।

गत वर्षदेखि सहयोग गर्न सुरुआत गर्नुभएका अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालभरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा एक शिक्षिका थप गरिएपछि शैक्षिक गुणस्तरमा वृद्धि हँुदै गएको छ । विद्यालयको आफ्नो जग्गा नहुँदा ओइलेनी जग्गामा उक्त विद्यालय सञ्चालन गरिँदै आएको बताइएको छ । विद्यालयको आफ्नो जग्गा नभएपछि स्थानीय समाजसेवी बाबुराम घिमिरेले चार आना जग्गा दान गरेपछि उक्त जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरिएको विद्यालयका पिटिए अध्यक्ष सुदीप पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले