2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, ‘पुरानो किन्ने सचेत बन्नुहोला’

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ । 

प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मोबाइल ट्रयाकिङ प्रविधिबाट सजिलै ट्रयाक गर्न सकिने हुँदा भेटिएको मोबाइल फोन सेट सम्बन्धित व्यक्ति, प्रहरी कार्यालय वा प्राधिकरणमा फिर्ता गर्न नियामकले सूचित गरेको छ । 

मोबाइल फोनमा ‘इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (आइएमइआइ)/ इलेक्ट्रोनिक सिरियल नम्बर (इएसएन)/ ‘मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (एमइआइडी) हुन्छन्। प्राधिकरणको सिफारिसमा मात्र अहिले नेपालमा मोबाइल फोन सेटहरु आयात गरिन्छन्। तसर्थ नेपालमा आयात भएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग रहेको हुन्छ । 

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेट ट्रयाकिङ गर्नको लागि ‘मोबाइल ट्रयाकिङ’ सेवा सबैको लागि उपलब्ध गराएको छ। मोबाइल फोन हराउने व्यक्तिले यहाँ क्लिक प्राधिकरणमा जानकारी दिन सक्नेछन् ।

यदि कसैले मोबाइल फोनसेट भेट्टाएको छ भने फिर्ता गर्दा नै उत्तम हुन्छ। भेट्टाएको फोन सेट फिर्ता नगर्दा त्यसलाई प्राधिकरणले सजिलै ट्रयाकिङ गर्नेछ । पुरानो मोबाइल सस्तोमा भेट्टाएँ भनेर कसैले किनेमा त्यो चोरीको पनि हुन सक्छ । त्यसैले पुरानो मोबाइल किन्नेहरु पनि सचेत हुनु पर्छ। यदि चोरीको वा हराएको फोन हो भन्ने भएमा उसलाई कारबाही हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई