२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा

२०७७, ६ श्रावण मंगलवार ०७:३९

साउन ६, बनेपा। कोभिड–१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् । सरकारले जिल्लाभित्र मात्रै भौतिक दूरी कायम राख्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने निर्णय गरेसँगै काभ्रेपलाञ्चोक जिल्लामा गणेश हिमाल तराई यातायात प्रालिले बिपी राजमार्गको बनेपा–भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमाना आँपघारीसम्म सेवा दिन थालेका हुन् ।

प्रालिका अध्यक्ष आत्माराम थापाले सरकारले तोकेको मापदण्डभित्र रहेर सञ्चालन गर्ने गरी बस सञ्चालन गरी सेवा दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बस पूर्णरुपमा चलेका छैनन्, तर हामीले जिल्लाभित्रका रुटमा असार २७ गतेबाट अलिअलि भए पनि निरन्तर सञ्चालन गर्न थालेका छौँ ।” 

काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँच वटा यातायात प्रालिमध्ये चार वटा समितिले भने महासङ्घले गरेको निर्णयअनुसार आगामी साउन ८ गतेबाट मात्रै सेवा दिने जनाएको छ । 

काभ्रे यातायात समन्वय समितिले भने यातायात महासङ्घले गरेको निर्णयअनुसार यही साउन ८ गतेबाट मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सबै यातायात प्रालिलाई आग्रह गरेको छ । काभ्रे यातायात समन्वय समितिका अध्यक्ष एवं सिन्धु–हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठले जिल्लामा रहेको पाँच वटा समितिले महासङ्घले गरेको निर्णयअनुसार मात्रै सेवा दिने तयारीमा रहेको बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग यसअघि गरेको छलफलमा भाडादरमा ७५ प्रतिशत वृद्धि गर्नुपर्ने र अन्तर जिल्ला सञ्चालन गर्न पाउनुपर्नेलगायतको विषयमा थप छलफल भइरहेकाले आगामी ८ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । गाडी मर्मत गर्ने, मजदूरको कोरोना बीमाको लागि प्रक्रिया अगाडि बढाउने र कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मजदूरका लागि बनेपामा ३० श्याको क्वारेन्टिन बनाउने तयारीमा काभ्रे यातायात समन्वय समिति जुटिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ