Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिब्बतको केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो

२०७७, ६ श्रावण मंगलवार ०८:४९

साउन ६, सिन्धुपाल्चोक। तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

सुनकोशी र भोटेकोशी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । तातोपानी नाकाबाट करिब ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट सो तालको पानी भोटेकोशीमै मिसिने भएकाले खतरा हुनसक्ने अनुमान स्थानीय प्रशासनको छ ।

दूधपोखरीको नामले चिनिने कराइ आकारको सो ताल भरिएकाले त्यसको जमेको पानी पोखिएर फुट्न सक्ने शङ्का गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई सोमबार साँझ खबर गरेको थियो ।

तातोपानीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोशी, भोटेकोशी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामा समेत पर्नेछ तर त्यहाँबाट पानीको बहाव तल आउञ्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतङ्कित नभई सचेत रहन मात्र आह्वान गरेका छौँ, ढकालले भन्नुभयो । 

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सुरक्षा निकायको बैठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेका कारण खोली किनारका बासिन्दा भने सचेत रहनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । 

प्रजिअ ढकालले भन्नुभयो, “ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होइन, सीमाका चिनियाँलाई समेत खासा लगेकाले खतरा देखियो ।” सूचनातर्फ माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको थियो । विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला झण्डै १५० घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस वनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू