२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुरु भो राष्ट्रिय परिचयपत्र वितरण

८ श्रावण २०७७, बिहीबार ०२:००

साउन ८, परासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गर्नुभयो । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा रामग्राम–७ निवासी कंहारलाई परिचयपत्र प्रदान गरिएको थियो । गतवैशाखदेखि नै वितरण कार्य शुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो ।

 हाललाई सदरमुकाम परासीबाटै परिचयपत्र वितरण गरिने प्रजिअ पाठकले जानकारी दिनुभयो । सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र शुरु भएको जनाइएको छ । उहाँले भन्नुभयो, “हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिन्छ, यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुनेछ ।”

परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति÷पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य