२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकद्वारा चितवन निकुञ्जका राम–लक्ष्मणको तश्वीर राखेर रु. एक हजारको नोट प्रकाशन

२०७७, ८ श्रावण बिहीबार १४:३८

साउन ८, काठमाडौँ | नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । 

नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् । 

यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो । आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुवेले प्रजनन् गराउँदै आएका छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार विसं २०६५ कात्तिक २१ गते यो जुम्ल्याहा जोडी जन्मिएको हो । हात्तीको जुम्ल्याहा दुर्लभ हुने गर्दछ । रुपाखेतीले भन्नुभयो, “मैले थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको सुनेको थिए, अरु ठाउँमा सुनेको छैन ।” उहाँको भनाइमा जुम्ल्याहा जन्मिएर बाँचेको सम्भवत यो पहिलो र एक मात्र हो । 

हाल राम सौराहाको हात्तीसार र लक्ष्मण कसराको हात्तीसारमा रहेका छन् । उनीहरुलाई तीन वर्ष छ महिना पुगेपछि विनोद चौधरी नाम गरेका दुई जना कर्मचारीले तालीम दिएका हुन । तालीमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाई जुटिरहेका छन् । राम दाजु हुन भने लक्ष्मण भाई हुन् । १२ वर्ष हुन लाग्दा यी दाजुभाईको फोटो नेपाली एक हजार रुपैयाँको नोटमा छापिएको छ । 

अहिले छापिए पनि झण्डै सात वर्ष अघि उनीहरुको फोटो खिचिएको हो । त्यतिबेला करिब पाँच वर्षको उमेरका राम–लक्ष्मणको फोटो अहिलेको नेपाली नोटमा आएको बताइएको छ । यी दुवै भाले हात्ती हुन । हात्तीको भालेलाई गज र पोथीलाई कली भनिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो