२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

८ श्रावण २०७७, बिहीबार १४:५८

साउन ८, भक्तपुर | किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । 

पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो । बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिए कै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ । 

पीडित किशोरी एक सामाजिक संस्थाको संरक्षणमा रहेको र सोही संस्थाले गत असार १४ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि प्रहरीले यही साउन ६ गते भण्डारीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य