Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुखुरा फार्ममा पहिरो खस्दा १ हजार कुखुरा मरे

२०७७, ९ श्रावण शुक्रबार ०९:३०

साउन ९, गलकोट। बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिनुभयो । 

रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ । लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताउनुभयो । 

अण्डा दिँदै गरेका कुखुरा मर्दा रु १० लाख र भौतिक संरचनामा रु १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताउनुभयो । “पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पुर्याएको छ”, शर्माले भन्नुभयो “व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मनिर्भर गराउने उद्देश्य पहिरोले बगाइदियो ।” 

एक हजारभन्दा बढी कुखुरा मरेका छन् भने फार्ममा क्षति पुग्दा हुर्कँदै गरेका तीन हजार चल्ला र अण्डा दिँदै गरेका अन्य दुई हजार कुखुरालाई कसरी बचाउने भन्ने चिन्तामा परेको शर्माको भनाइ छ । पानी पर्न नरोकिएका कारण फार्ममाथिबाट अझै पहिरो खस्ने सम्भावना रहेको भन्दै शर्माले बचेका कुखुरा र चल्लालाई अन्यत्र सारेर बचाउने भए पनि जग्गा अभावमा अन्योल भएको बताउनुभयो । 

शर्माले उत्पादन गर्नुभएका कुखुरा र अण्डा बागलुङ र म्याग्दी जिल्लामा खपत हुँदै आएको थियो । उहाँले बागलुङ जिल्लाको सिमाना नजिकै रहेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा विसं २०७२ देखि रु एक करोड ५० लाखको लागतमा छ भवन निर्माण गरेर पालुवा कृषि तथा पशु विकास फार्म सञ्चालनमा ल्याउनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा