साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकाल"/>
२०८३, ७ बैशाख सोमबार
मकवानपुर - MKW

जनमुखि राजनिति पार्टी जरुरी

२०७३, १० श्रावण सोमबार १०:१६

साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपि कोइरालाको प्रधानमन्त्रीत्वको पालामा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा समेत गर्नुभयो । 

जसरी भट्टराईले आफ्नो कालमा दिर्घकालिन महत्वको विकास योजना ल्याउनुभयो त्यसैगरि विपिको पालामा शुरु भएको शैक्षिक अभियान र त्यस बेला खोलिएका विद्यालयका विद्यार्थी नै आजको राज्यसत्ता हाक्ने व्यक्तित्व भएको समेत बताउनुभयो । जनताको लागि राम्रो काम गर्ने जो कोसैलाई राम्रो भनेर प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति मकवानपुरका अभियन्ताहरुसँगको अन्तरक्रियामा बोल्दै नेता खनालले लामो भाषण गर्ने नेता होइन उत्पादनमुखि राजनितिक एजेण्डा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेका बताउनुभयो । मंसीर सम्म पार्टीको तल्लो तहमा गएर राजनैतिक आर्थिक बहस छलफल चलाउने बताउदै आर्थिक एजेण्डालाई नै अग्रगामी सोच भएका दलले आत्मसाथ गर्न सके मुलुकले सम्बृद्धिको खाका तय गर्ने बताउनुभयो । 

जिल्ला संयोजक प्रल्हाद लामिछानेले सहजिकरण गर्नुभएकोे कार्यक्रममा सुरेन्द्र भट्टराई, ज्ञानेन्द्र लामिछाने, छबिलाल वाइवा, सुबोध रिमाल लगायतले आर्थिक विकास, संघिय संरचना र जनतासँग पुग्ने आधार कसरी तय गर्ने भन्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा ३ नं प्रदेशका सहसंयोजक सोनाम सिं स्याडतान, ज्योति रायमाझि, विवेक वाइवा, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ