2026-09-13 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटक आकर्षित गर्न छुट दिँदै तनहुँका होटल

साउन १६, दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिमका कारण चार महिनादेखि बन्द रहेका यहाँका होटल सञ्चालन गर्ने तयारी गरिएसँगै व्यवसायीले पर्यटक आकर्षण गर्ने प्याकेज ल्याउने तयारी गरेका हुन् ।

बन्दाबन्दीले पर्यटकीय गतिविधि ठप्प भएको बन्दीपुरमा आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष बिपीन प्रधानले जानकारी दिनुभयो । “हवाइ उडान खुला नभइसकेको र कोभिड–१९ को जोखिम कायमै रहेको अवस्थामा तत्काल विदेशी पर्यटक आउने सम्भावना छैन, हामीले आन्तरिक पर्यटकलाई लक्षित गरी केही प्याकेज ल्याउने तयारी गरेका छौँ”, प्रधानले भन्नुभयो ।

प्रधानका अनुसार आन्तरिक पर्यटकलाई सरल, सुलभ र सहज तरिकाले सेवा दिनका लागि छुट प्याकेजका कार्यक्रम ल्याउन होटल व्यवसायीसँग छलफल भइरहेको जानकारी दिनुभयो । “कोरोना कहरले थला परेको बन्दीपुरको पर्यटनलाई गतिशील बनाउन पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीसँग छलफल भइरहेको छ, छुटसहितको प्याकेजसहित होटल सञ्चालनको तयारीमा छौँ ।”

सरकारले बिहीबारदेखि होटल सञ्चालनको अनुमति दिए पनि बन्दीपुरमा सबै होटल सञ्चालनमा नआइसकेको प्रधानले बताउनुभयो । “कोरोनाको जोखिम कायमै रहेकाले इच्छुक व्यवसायीलाई स्वास्थ्यको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “केही होटल सञ्चालनमा आएका छन् ।” होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्न अनुरोध गरिएको प्रधानले जानकारी दिनुभयो । 

प्रधानले होटलमा रहेका कूल कोठाको ५०० प्रतिशत कोठा प्रयोग गरेर पर्यटक राख्न अनुरोध गरिएको जानकारी दिनुभयो । “सबै कोठामा एकैपटक पर्यटक नराखी क्षमताको आधामा राख्ने र अर्को दिन बाँकी रहेका कोठामा पर्यटक राखेर सावधानी अपनाउन भनेका छौँ”, प्रधानले भन्नुभयो । होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले चार महिनादेखि बन्द रहेका होटल सरसफाइ गरेर सञ्चालनको तयारी थालिएको जानकारी दिनुभयो । “स्वास्थ्यको मापदण्ड पूरा गर्नका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, होटल सरसफाइमा जुटेका छौँ”, गुरुङले भन्नुभयो । 

गुरुङले पनि पर्यटकलाई लक्षित गरी छुट प्याकेजको कार्यक्रम ल्याउनैपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “होटल सङ्घसँग यो विषयमा छलफल गरेका छौँ, सबै व्यवसायी सकारात्मक छन्”, गुरुङले भन्नुभयो । सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरिसकेकाले विस्तारै अब आन्तरिक पर्यटकको बन्दीपुरमा चहलपहल बढ्ने उहाँले बताउनुभयो । “बन्दाबन्दी अन्त्य भए पनि कोरोनाको जोखिम अन्त्य भएको छैन, सबै सुरक्षा सावधानी अपनाएर होटल सञ्चालन गर्छौं”, उहाँले भन्नुभयो । 

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले