साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

२० मंसिर २०८२, शुक्रबार
अर्थ/विकास

अहोरात्र खटेर बस्ती बनाउँदै धुर्मुस–सुन्तली

११ श्रावण २०७३, मंगलवार ०३:०३

साउन ११, मेलम्ची । एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोकको गिरानचौरमा यतिबेला अहोरात्र खटिरहेका छन् । 

देश विकासको मूल प्रक्रिया भनेको एकीकृत नमुना बस्ती विस्तार भएकाले ‘क्लिन सिटी’ र ‘ग्रिनसिटी’ को अवधारणाअनुरुप भूकम्पपीडितका साथसाथै अपाङ्गमैत्री तथा बालमैत्री र वातावरण मैत्रीसहितको भूकम्पप्रतिरोधात्मक भवन निर्माणकार्य भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । 

गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वय गरी नमुना बस्ती निर्माण कार्य थालनी गरिएको हो । 

मेलम्ची नगरपालिका–८ स्थित विपन्न तथा आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्षरुपमा फाइदा पुग्नेगरी ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ वटा भवन, पाँचवटा चिल्डे«न पार्क र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण कार्यमा कलाकार धुर्मुस र सुन्तली लागिपरेका छन् । 

निर्माणको लागि जम्मा रु पाँच करोडको बजेट निर्धारण गरेको भए पनि सुरुमा आफ्नो धुर्मुस सुन्तली फाउन्डेसनको अक्षयकोषमा रु एक लाख ७४ हजार हुँदै गर्दा निर्माण कार्य थालेको कट्टेलले जानकारी दिए । 

देश विदेशमा रहनुभएका नेपाली, विदेशी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा अहिलेसम्म रु पाँच करोड सङ्कलन भइसकेको छ । असार महिनासम्ममा निर्माण कार्यका लागि चाहिने सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका अन्य सामग्री गरी रु ५९ लाख खर्च भइसकेको र साउन महिनाको खर्चको विवरण यसै महिनाको अन्तिममा आउने फाउन्डेसनले जानकारी दिएको छ । 

नमुना बस्ती निर्माणका लगि २०७३ वैशाख १२ गते शिलान्यास गरिएको भएपनि सम्पूर्ण तयारीका साथ बस्ती निर्माण कार्य जेठ ९ गते सुरु भएको र दसँैको घटस्थापनाको दिन हस्तान्तरण हुने गरी निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । 

निर्माण कार्यका लागि प्रत्येक ६५ घरधुरीका एक जना तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवकका रुपमा रहेका गरी जम्मा १०० जनाले दैनिक श्रम गर्ने गरेका छन् भने शनिबारको दिन २०० सम्म पुग्ने गरेका छन् । 

असार साउनको समयमा निकै वर्षा हुने हुँदा ढुवानी गरेर ल्याउने कच्चा पदार्थ सिमेन्टलगायतका वस्तु भिजेर डल्लो पर्ने हुँदा प्रयोग बिनै नष्ट हुने गरेको छ । हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब पाँच किलोमिटरमा माथि रहेको उक्त बस्तीमा पुग्नको लागि सडकको अतिनै दयनिय अवस्था रहेको छ जसका कारण कच्चा पदार्थ लैजान प्रयोग हुने सवारीसाधन जानको लागि निकै कठिनाइ पर्ने गरेको छ । 

उक्त क्षेत्रमा खानेपानीको लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब ८०० मिटर गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउनको लागि पाइप बिछ्याउने कार्य भइरहेको छ । 

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले धुर्मुस एकीकृत नमुनाबस्ती निर्माण कार्य सरकारलाई सघाउने अभियान भएको र राम्रो इच्छाशक्ति भएकाले पनि यस निर्माण कार्यमा दरिलो भएर लाग्नुपर्ने बताए । 

उनले डाँडाकाँडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने र भुइँचालोले यो ठूलो अवसर दिएको कुरा बताए । समाजका र देश निर्माणका लागि केही गरौँ भन्ने हेतुका साथ कलाकार जोडी धुर्मुस–सुन्तली अहोरात्र खटेर बस्ती निर्माणमा जुटेको र यो देशको लागि धेरै ठूलो उदाहरणीय कार्य बनेको मेलम्ची नगरपालिकाका युवा धीरेन गुरुङले जानकारी दिए । 

कलाकारिता क्षेत्रको विषयमा रासससँग कुरा गर्दै सीताराम कट्टेलले आफ्नो कलाकारिता क्षेत्रलाई केही समयको लागि विश्राम गरेको र एकीकृत बस्ती निर्माणपछि पहिलेजस्तै आफ्नो कलाकारिता क्षेत्रमा फर्कने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान