२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत् महसुलवापत रु २१ करोड सङ्कलन

२० श्रावण २०७७, मंगलवार ०५:१४

साउन २०, नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । 

प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत् बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत्मध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ युनिट विद्युत् बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताउनुभयो । कार्यालयले असार महिनामा मात्रै विद्युत् महसुलवापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ सङ्कलन गरेको छ ।

गैँडाकोटमा बर्सेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै गैँडाकोटका नौ वडामा गरी ५३३ नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताउनुभयो । प्रशाखासँग अहिले १० हजारभन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नति गरी शाखा बनाउने तयारी भइरहेको रिजालले बताउनुभयो । 

गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत् महसुल गैँडाकोटमा बुझाउनुपर्ने गरी शाखा बनाउने उहाँले बताउनुभयो । हाल गैँडाकोटका वडा नं १० देखि १८ सम्मको विद्युत् महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नति गर्न समस्या परेको रिजालको भनाइ छ ।

 नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३६३ ग्राहकको विद्युत् लाइन काटेको छ । तीन महिनाभन्दा बढी समयको विद्युत् महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजारभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो । विद्युत् लाइन काटिएका ग्राहकबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्रभित्र २० जनाले विद्युत् चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारवाही गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की