Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकमार्गको काम शुरु, पहिरोले तीन परिवार विस्थापित

२०७७, २२ श्रावण बिहीबार ०३:२३

साउन २२, गलकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङअन्तर्गत बागलुङ बजारबाट अक्षेते खण्डको पुनः काम शुरु भएको छ । 

लकडाउनका कारण गतचैत ११ गतेदेखि रोकिएको लोकमार्गको सदरमुकामतर्फको खण्डमा नाली निर्माण कार्यले गति लिन थालेको छ । यस खण्ड विगत लामो समयदेखि अलपत्र अवस्थामा छ । ग्रामीण क्षेत्रमा लोकमार्गको स्तरोन्नतिसहित कालोपत्रे भइसक्दासमेत काम नभएको नागरिकको तीव्र गुनासोका बीच मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतको अन्तिम चेतावनीपछि निर्माण कम्पनीले गत वर्षको असारमा काम सक्ने गरी मजदूर खटाएको थियो ।  कोरोना जोखिमले बीचमै काम ठप्प भएको थियो । 

अहिले यस खण्डमा निरन्तरको वर्षातका कारण बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा सडक भाँसिने, पहिरो जाने कारण यात्रुले सास्ती खेपिरेहको समयमा सदरमुकाम खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धि शाही कन्ट्रक्सनले १५० को हाराहारीमा कामदार ल्याएर दुई हप्तादेखि नाली निर्माण, मेशिनरी वाललगायतका कार्य गरिरहेको छ । लोकमार्गको बोक्सेमा निरन्तरको पहिरोले लोकमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ । 

करिव १५० को हाराहारीमा मजदूरले लोकमार्गको विभिन्न खण्डमा दुई हप्तादेखि सडक निर्माणमा खटिएको रोल्पा घर भएका जीवन मगरले बताउनुभयो । उहाँले घरमै बसेर पेट पाल्नै गाह्रो भएपछि काममा निस्किएको बताउनुभयो । त्यस्तै रोल्पाकै रोहित घर्तीमगरले सामान्य सतर्कता अपनाएर काममा खटिएको जानकारी दिनुभयो । 

पहिलो चरणमा नाली निर्माणको कार्यलाई अघि बढाएको र हालसम्म झण्डै एक किलोमिटर सडक नाली निर्माण गरिसकिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका साइड इञ्जिनीयर उज्वल शर्माले जानकारी दिनुभयो । “बर्खाको समयमा लोकमार्ग एकतर्फी खुलाएर भए पनि यात्रु वारपार गराउँदै आएका छौँ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “सदरमुकाम खण्डका निर्माण कार्यले तीव्रता पाउन थालेको छ, अहिले ठेकेदार कम्पनीले कामदारसहित ठूला उपकरणसमेत साइडमा झारेर काम अघि बढाएको छ ।” अहिले रातामाटादेखि भोर्लाको रुख हुँदै रेडक्रसको भवनसम्म सडक नाली निर्माण थालिएको छ । सदरमुकाम खण्डको बोक्से खाल्टोबाहेकको स्थानमा सडक चौडा पार्ने कार्य सम्पन्न भइसकेकाले नाली निर्माणपश्चात् कालोपत्रे गर्ने लोकमार्ग आयोजनाको तयारी छ ।  

गत चैत ११ देखि रोकिएको लोकमार्ग वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएर क्षतविक्षत अवस्थामा छ । निर्माण कार्य शुरु गर्ने र केही समयपश्चात् निर्माण कम्पनी सम्र्पकविहीन हुने कारणले बागलुङ सदरमुकाम खण्डको २५ किलोमिटर दुर्गम भागमा कालोपत्रे भइसक्दासमेत सदरमुकाम खण्ड कालोपत्रे हुन सकेको छैन । 

निर्माण व्यवसायीलाई लोकमार्ग कालोपत्रेका लागि अन्तिम मौका प्रदान गरेको लोकमार्ग आयोजना प्रमुख आशिष थापाले जानकारी दिनुभयो । “पटक पटक धोका दिएर आयोजनाको निर्माण कार्य अलपत्र पारेको हुनाले अन्तिम अवसर दिएका थियौँ । बन्दाबन्दीका कारण समस्या भए पनि अहिले कामदार झारेर लोकमार्गको सदरमुकाम खण्ड अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “अब काम नगरेर भाग्ने छुट निर्माण व्यवसायीलाई छैन, अब यो वर्ष निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गर्नुको विकल्प हुँदैन ।”

लगातारको वर्षाका कारण पहिरो गएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत बोक्सेमा एकतर्फी मात्रै सडक सञ्चालनमा ल्याइएको छ । लोकमार्गमा पहिरो ठूलो भएको र दुइतर्फी सञ्चालनमा ल्याउदा पुनः सडक अवरुद्ध हुने जोखिम भएकाले एकतर्फी मात्रै सडक सञ्चालन गरिएको इञ्जिनीयर शर्माले जानकारी दिनुभयो । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये अधिकांश सडक कालोपत्रे भइसक्दासमेत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा दैनिक हजारौँ यात्रुले सास्ती खेप्दै आएका छन् ।   

पहिरोले तीन परिवार विस्थापित

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षसँगै गएको पहिरोका कारण तीन घर परिवार विस्थापित भएका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहका छन् । निरन्तरको वर्षात्का कारण बस्तीमाथिबाट आएको पहिरोले स्थानीय तीन घर बसाई सरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहेको छ ।

साँयकोट लामाचौर सडकको २०० भन्दा बढी माथिबाट खसेको पहिरोसहित आसपासको जमिन चिराचिरा परेपछि स्थानीय त्रसित भएको विस्थापित पवित्रा गौतमले बताउनुभयो । “जुनसकै समयमा पनि पहिरोले घर पर्न सक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “घरमाथिको जमिन चिरा–चिरा पर्नुका साथै जमिन भाँसिएको, केही स्थानमा पहिरो गएका कारण विस्थापित भएका हौँ ।”

गौतमसहित देवेन्द्र कार्की र डोलेन्द्र कार्कीको परिवार विस्थापित भएको हो । पहिरोका कारण पहिरो आसपासका भद्रबहादुर कार्की, देवबहादुर कार्की, बमबहादुर कार्की, कोपिला कार्की, हर्कबहादुर कार्की, रुपेश कार्कीको घर उच्च जोखिममा रहेको छ । पहिरो गएको स्थानमा पानीको मुहान रहेको र कमजोर भूभाग रहेका कारण जति बेला पनि बस्ती पुरिन सक्ने स्थानीयको भनाइ रहेको छ । बस्तीमाथिबाट खसिरहेको पहिरो रोकथामका लागि स्थानीय निकायले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् । पहिरोका कारण सायकोटमा आपूर्ति भइरहेको ६५ घर परिवारको खानेपानीको पाइपसमेत बगाउँदा खानेपानीका समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा