2026-10-23 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेशमा १२७ योजनाको काम भइरहेको छ : मन्त्री फुयाँल

साउन २२, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै मन्त्री फुयाँलले अगामी दुई महिनाभित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनुभयो । मन्त्री फुयाँलले ३५ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७७/७८ मा पुलबाहेक ४० आयोजना सम्पन्न हुने बताउनुभयो । 

विभिन्न योजनाको अनुगमनका क्रममा चितवन पुग्नुभएका मन्त्री फुयाँलले राप्ती नगरपालिकाको वडा नं ७ र ८ का किसानको खेतबारीे  सिँचाइका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गर्नुभयो । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयाँलले जनताको समस्या समाधानका लागि सरकारले जनतासँग नै मिलेर काम गर्ने बताउनुभयो । उहाँले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री फुयाँलले नारायणी खगेरी लिफ्ट सिँचाइ, हरिपुरमा गत महिना भाचिएर पुनःनिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दिर तथा सुकुम्वासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माणस्थल, हरियाली उद्यानसहितको केरुङ्गा घोलको  बाँध निर्माणस्थल, नारायणी नदीस्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधीन उद्यानलगायत आठ योजनाको अनुगमन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने