९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोले बाटो भत्काउँदा भुइँकटहर बजार पुर्याउन समस्या

२३ श्रावण २०७७, शुक्रबार ०७:५०

साउन २३, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–५ बन्दीपुरमा उत्पादन भएको भुइँकटहरलाई बजारसम्म पुर्याउन समस्या भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष यहाँ भुइँकटरको उत्पादन बढी भए पनि बिक्री वितरणका लागि समस्या भएको छ । 

विगतका वर्षमा बन्दीपुरमा उत्पादित भुइँकटहर स्थानीय बजार दलदले, केउरेनी, कावासोती तथा नारायणगढसम्म पुर्याउने गरिएको भए पनि यस वर्ष भने पहिरोले बाटो भत्काउँदा उत्पादनलाई बजारसम्म लैजान अप्ठ्यारो भएको वडासदस्य पदम गाहाले गुनासो गर्नुभयो । साउन पहिलो साता भएको निरन्तरको वर्षाले गाउँबाट बजारसम्म जाने बाटो अवरुद्ध भएर जनजीवनमा व्यापक समस्या देखिएको उहाँले बताउनुभयो । 

“अप्ठ्यारो बाटो हुँदै टाउकामा भारी बोकेर हिँड्दा पनि कतै रुख ढलेर किचिन्छ कि भन्ने डर छ”, गाहाले भन्नुभयो, “कतिले त डोकोमा बोकेर फेदीसम्म पुर्याएपछि अटोरिक्सामा बजार लैजाने गरेका छन्, तर सबैले बोकेर लैजान सक्ने अवस्था छैन ।” प्रतिगोटा रु ४०/५० मा गाउँबाटै बिक्री हुने भुइँकटहरलाई बजारसम्म ल्याउन बाटो अवरुद्ध भएपछि कतिपयले डोकोमा बोकेर कदमपुरसम्म ल्याउने गरेका छन् । कदमपुरबाट अटोरिक्साको सहायताले बजार क्षेत्रमा भुइँकटहर पुर्याउँदा खर्चिलो हुने र आम्दानी पनि कम हुने बन्दीपुरका खेम अछामीले बताउनुभयो । 

गाउँमा प्रतिगोटा रु ४०/५० मा बिक्री हुने भुइँकटर स्थानीय बजारमा भने रु १०० सम्म बिक्री हुने गरेको छ । देवचुली नगरपालिकाको केउरानी हुँदै बन्दीपुर पुग्ने सडक पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको देवचुली–५ का वडाध्यक्ष शिव सापकोटाले बताउनुभयो । सडकमा गएको पहिरो हटाएर बन्दीपुरमा उत्पादित भुइँकटहरलाई बजारसम्म पु¥याउन पहल भइरहेको सापकोटाको भनाइ छ । 

सुगम जिल्ला भनेर चिनिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँ बन्दीपुरका बासिन्दालाई हरेक वर्षाको समयमा बाटोको कारणले समस्या उत्पन्न हुने गरेको छ । वर्षाका कारण सडक अवरुद्ध हुँदा कृषिजन्य सामग्री ढुवानीमा समस्या हुनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन कठिन हुने गरेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । बन्दीपुरमा गाउँभरि नै व्यावसायिकरूपमा भुइँकटहर खेती हुने गरेको छ । देवचुलीको बन्दीपुर भुइँकटहरको पकेट क्षेत्रसमेत हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो