२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमाली जिल्ला मुगुमा सलह किरा छ्यापछ्याप्ति

२०७७, २७ श्रावण मंगलवार ०४:१०

दान बहादुर बुढा | साउन २७, मुगु | हिमाली जिल्ला मुगुका चारै स्थानीय तहसँगै सदरमुकाम गमगढी बजारमा यति बेला सलह किराको प्रवेशले छ्यापछ्याप्ति भएका छन् । 

सलह किरा पुन: मुगुमा प्रवेश गरेको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिले हिमाली जिल्ला मुगुमा फैलिएका छन् । 

कर्णालीका प्रदेशको दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट हुदै छिमेकी जिल्ला जुम्ला हुदै आएको सलहको झुण्ड हिजो आज जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १० का पापु ,  रोवा , लगायत सदरमुकाम गमगढी बजारमा देखिएको छायानाथ रारा नगरपालिका वडा नं १० का स्थानीय कृषक कर्ण बहादुर भामले जानकारी दिए ।  

सलहकिरा मुगुमा प्रबेश गरेपछि यहाका किसान भने चिन्तित बनेका छन् । सो किरा हाल सदरमुकमा लगाएत छायानाथ रारा नगरपालिका, खत्याड गाउपालिका,  सोरु गाउका मुगमकामारोङ्ग गाँउपालिकाका केही वडाहरुमा सलह किराकेही  देखा परेको जिल्ला कृषी विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । उनका अनुसार सलहबाट हुने क्षेतिबाट बच्नको लागी कृषकहरुलाई सहजीकरणमा बिभिन्न उपाय अपनाउन आवहान गरिएको कार्यालय प्रमुख बुढाले बताएका छन ।  

हिमालको काख नजिकै रहेको यो जिल्लामा सलह किराले प्रवेश गरेपछि विशेष गरेर मकै, आलु, सिमी बालीमा बढि क्षति गर्ने कृषि बिज्ञहरुको भनाई रहेको छ । नगरपालिकाको रोवागाउमा प्रबेश गरेको सलहले वडा न १० मा आलु मकैका बोट बिरूवा, घासमा बसेर खान सुरू गरेको स्थानीय किसानहरुको भनाई रहेको छ । सलहबाट अन्नबाली मात्र नभएर अन्य बनस्पतिका बोट बिरूवामा समेत क्षति बनाउने पनि बताएका  छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल